• विराटनगर १७ असार ।
    नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औ जन्मजयन्तीको अवसरमा जीपी कोइराला  फाउण्डेसन मोरङले दीप प्रज्वलन गरेको छ । बुधवार बरगाच्छीमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । मंगलवार मात्रै जीपी कोइराला फाउण्डेसन युवा कार्यदल बनाएको मोरङले कोइरालाको जन्मजयन्तीका अवसरमा साताव्यापी कार्यक्रम गर्ने घोषणा गरेको छ ।
    कार्यक्रममा युवा नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले गिरिजाप्रसाद कोइरालाको योगदान स्मरणीय रहने बताए । कोइरालाले देखाएको सहमती सहकार्य र एकताको खाचो अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । युवाहरुलाई साथमा लिएर जीपी फाउण्डेसनले गरिरहेको सामाजिक कार्यको मेयर पराजुलीले प्रशंसा गरे ।
    यस्तै नेपाली कांग्रेस जिल्ला सचिव नागेश कोइरालाले गिरिजाप्रसाद कोइरालाको राजनैतिक चेतना अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । प्रजातन्त्र ,लोकतन्त्र प्राप्तीका लागि कोइरालाले खेलेको भूमिका महत्तत्वपूर्ण रहेको बताए । देशको मेरुदण्ड प्रजातन्त्र ,लोकतन्त्र भएको र यसलाई बचाउन सत्ताधारी दल असक्षम रहेको आरोप लगाए ।

    फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बिन्दिया कार्की, ट्रेडयुनियन कांग्रेसका प्रदेश सदस्य नारायणबाबु कार्की ,समाजसेवी ज्योति आचार्य , नेपाली कांग्रेस विराटनगर महानगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपाने ,कांग्रेस युवा नेता उद्धव कोइराला ,सुचि चौधरी ,इन्डिपेन्डेन्ट उमेन फाउण्डेसनका अध्यक्ष सावित्री आचार्य, जीपी कोइराला फाउण्डेसन युवा कार्यदलका संयोजक अकिंत पोख्रेल ,कार्यक्रम संयोजक नमिता आचार्य, लगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…