•  

    काठमाडौँ, असार १७ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या बुधबार १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये ११७ महिला र ३७५ पुरुष रहेका छन् ।

    डिस्चार्ज

    देशभर चार हजार ६५६ डिस्चार्ज भएका छन् ।

    यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र आइसोलेसनमा नाै हजार ३६० जना रहेका छन् ।

    उपत्यकामा १७ सङ्क्रमित

    काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा तीन महिला र दुई पुरूष र भक्तपुरमा एक महिला र एक पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    मृत्यु

    असार १४ गते अछामका ४५ वर्षका एक जना पुरूषकाे मृत्यु भएकाे छ । अछामकाे बयलपाटा अस्पतालमा भएकाे मृत्युपछि लिएकाे स्वाबमा असार १६ गते काेराेना पुष्टि भएकाे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…