ओम आचार्य
नेकपा एमालेमा हाल सिर्जित घटनाक्रमले जसरी प्रधानमन्त्री के पी ओलीको आफ्नै पाटी भित्रबाट राजिनामा मागेर पाटी भित्रको विवाद र द्वन्द अव उत्कर्षमा पुग्दै एमाले भित्रको यो विवाद अव अघोर रुपमा प्रकट हुने छ !
दुइ अध्यक्ष के पी ओली र प्रचण्डको राजनैतिक पृष्ठभुमी समान जस्तै जस्तै छ र मुलुकको सर्वेच्च पद प्राप्त गरेका र गरिसकेका यि शिर्ष नेताहरुमा यस्तो प्रकारको विवाद र द्वन्द को शिलशिला चलिरहनु निस्चय पनि पाटीको लागी र नेताहरुको व्याक्तीगत जीवनमा पनि आच मात्रै आउदैन की त्यस्ले देशलाइ पनि नेक्सानीमा पुर्याउृछ।
कम्युनिष्ट पाटीमा र त्यो पाटीको नेतृत्वमा रहेको सरकारमा आफ्नै पाटीबाट विपक्षीदलले गर्ने जस्तो व्यवाहार गरेर सरकारनै असफल गराउने गरी गरिएको यस्तो प्रकारको वैचारिक द्वन्द र आरोप प्रत्यारोपले देशको राजनीतक भविष्य मा धेरैले संसय देख्दैछन र भिन्दै राजनितिक आंकलन गर्न थालेकाछन!
विस्वमा विस्वराजनीतिमा जहा जुन राष्ट्रमा कम्युनिष्ट सरकारको नेतृत्व छ या थियो ति राष्ट्रमा मौजुदा सरकारको मैजुदा पाटीको विपरित जादा या फरक मत राख्दा घटिने या घटाइने घटना डरलाग्दो भएको तथ्य भएपनि नेपालमा रहेको कम्युनिष्टबाट यस्तो प्रपंच हुदैन ? यस्मा हामी विस्वस्त हुन सक्छौं?
कृष्ण बहादुर महरा र गोकर्ण विष्ट यी दुवै राजनीतिज्ञ नेकपा एमाले का एकिकरण पुर्वका दुइ पाटीका दुइ शिर्ष नेताका नजिका व्यक्तीको राजनितिक भविस्यमा प्रस्न यही द्वन्द कै कारण को रुपमा लिने गरेका छन . र अहिले दुइ विचार र सिध्दान्त बोकेको दुइ राजनितिक पाटी को एकिकरण या एक अर्कामा विलय जे भनौ यि दुइ पाटी अझै पनि आपसमा समाहित हुन सकेका छैनन |र यसैको परिणाम हो यो वर्तमान स्थिती।
नेकपा नै सरकारमा ,नेकपा नै प्रतिपक्षमा
जव नेकपाको सरकार वन्यो त्यो पनि पुर्ण बहुमतको सक्तीशाली सरकार अर्को तिर नेपाली काग्रेस प्रतिपक्षी । वैधानिक रुपमा प्रतिपक्षी नेपाली काग्रेस हो र संविधानत प्रतिपक्ष को नेताले पाउनु पर्ने सुविधाहारु नेपाली काग्रेसले भोग गर्दै छ तर त्यो प्रतिपक्षको भुमिका त्यस्को सक्रियता नेकपाले नै गरिरहेको छ । नेकपा को वर्तमान राजनीतिको विकसित घटनाक्रम ले अव नेकपा चिन र रुसको जस्तो कम्युनिस्ट चै होइनन अहिलेको नेकपा पाटीको नेतृत्वबाट सरकार को नेतृत्व लिएका प्रधानमन्त्री के पी ओलीलाइ कसैको भय छ ,डर छ भने आफ्नै पाटीको र आफ्नै पाटीको अर्का अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेतृत्वबाट छ नेपाली काग्रेससंग छैन
गणतन्त्रस्थापना पछिको असफल सरकार
के पी ओली को प्रधानमंत्रीत्व सरकारको निर्माण भए देखी नै यो नेतृत्वको सरकार लाइ अधिनायकवाद लादेको आरोप लाग्दै आएको , भ्रष्टाचार चरम पुगेको , भ्रष्टाचारको विरुध्दमा सडक मा जुलुस र नारा नै लगाएर विरोध गरेको सम्भवत गणतान्रीक सरकारमा यही सरकार मा हो, विचार र अभिव्यक्ति को स्वतन्त्रतामा अंकुश लाउन प्रयत्न गरेको , एम सि सि को विसयमा वर्तमान सरकारलाइ राष्ट्रघातको आरोप लागेको , हत्या , बलात्कार र कोरोनाको उपचार र रोकथाममा असफल हुदै गएको र १० अर्ब को हिसाव खोजेको यि सबै आरोप वर्तमान सरकारलाइ लागेको छ।
र यिसवैको विरुध्दमा ओली सरकारलाइ कसैले चोर औला देखाएको छ भने त्यो नेकपा पाटीबाटै दरो संग देखाइएको छ।
ओलि सरकारले धेरै पटक धेरै विधेयक ल्याउने जमर्को गर्यो र कति त विधेयक टेवुल सम्म पनि गरे अन्तत नेपाली काग्रेस र आफ्नै पाटीका सहकर्मी नेताहरुको विरोधका करण फिर्ता लिनु पर्यो गणितीय हिसावले ओलि सरकार सक्तीशाली भएपनि यि मुध्दामा अोली सरकार निरिह र कमजोर देखिएको छ र यस्मा प्रमुख कारक नेकपा नै देखिएको छ ।
शुशासन र नेकपा सरकार
प्रजातन्त्रकोलागी शुशासन को ठुलो महत्व छ र यो शुशासन भए जनतामा प्रजातन्त्रमा आस्था विश्वास र निष्ठा वडेर आउछ । जनतालाइ सरकारमा मै छु र यो सरकार मेरो हो भन्ने भाव जागृत हुनु पर्छ । सरकारमा वसेका र यस्को नेतृत्व लिएकाहरुले जनतासंग गरेका वाचाहरु विर्सनु हुदैन र सरकार नीति र कार्यक्रम जनता सम्म पुर्याउने सरकारी संयन्त्र ले मालिक हैन सेवक को भावना वनाउन सके शुशासन दिन सक्छ । सरकार पारदर्शी हुन सक्नु पर्छ सुचना संप्रेषणगर्ने संचार क्षेत्रलाइ नै अंकुश लाउन उद्त हुनुहुदैन जस्तो अहिले भइरहेको छ ।
भ्रष्टाचार हुनुहुदैन , नियम कानुन र संविधान को उल्लंघन हुनु हुदैन ।
अहिलेको सरकार यि सबै माथिका विकृतीका कुरामा अग्रसर छ शुशासनको अनुभुती दिन संकेको छैन र यही विधमान अवस्था रहे नेकपाको भविस्य नदेख्ने नेकपा भित्रकै पाटी पंक्तीका ले शुशासन कै लागी प्रजातन्त्र र संविधानको रक्षाकोलागी ओलि विरुध्द उभिएका हुन ।शुशासन प्रजातन्त्रको लागी अपरिहार्य हो र शुशासन विरुध्द को सरकार सही मार्गमा ल्याउने काम नेपाली काग्रेसको हो जुन आफै प्रतिपक्ष को भुमिकामा रहेपनी त्यो भुमिका निर्वाह गर्न सकेको छैन ।
अहिले नेकपामा सृजित परिस्थिति र त्यो परिस्थिति ले उब्जाएको द्वन्द मा दृस्य अदृस्य मा को को छन भन्दा पनि यस्को अवतरण नायक नारायणकाजी श्रेष्ठ हुनेछन आखिर पाटी प्रवक्ता जो हुन ।