• झापा,
    सिराहबाट दुलही लिन झापा आएको माइक्रो बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले सवारी पास नभएको भन्दै रोकीदिएपछि बुधबार बिच बाटोमै बेहुला र १८ जना जन्ती अलपत्र परे ।
    भद्रपुर ५ बसपार्ककी मनिका यादवलाई लिन दुलहा बनेर भद्रपुर आउदै गरेका सिराहा १५ का रोहित यादवलाई प्रहरीले साँझ ५ बजे देखी राजमार्गमा रोकेर पौने १० बजे छोडेको हो । जवकी उनिहरुको विवाहको साइत राती सवा ९ बजेको थियो । प्रहरीले पटक्कै व्यवहारिकता नबुझेको उनिहरुले गुनासो गरे । ‘आखिर छाड्नै रहेछ । पाँच घन्टा सडकमा प्रहरीले दुलहालाई किन अलपत्र पारेर छाड्यो ? उनिहरुले स्थानीय संचारकर्मी संग यही प्रश्न राखे ।

    जन्तीका अनुसार सवारी पास बिना जान पाइन्न भन्दै प्रहरीले घर फर्कन भनेको थियो । सिराहाबाट भद्रपुर पुगेर बेहुली लिन झिलझिलेसम्म आइपुगेको जन्तीलाई प्रहरीले घर फर्कन दिएको दवाब सवारी चेकिङ्गमा परेका अन्य कसैलाई पनि चित्त बुझेको थिएन । केहि प्रत्यक्षदर्शी भन्दै थिए, ‘यस्तो व्यवहार गर्ने विवेकहिन ईन्सपेक्टर देखेकै थिएनौं ।’
    इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले राजमार्गमा दुलहा सवार ना १ ज ८८८५ नम्बरको माईक्रो रोकेको थियो । उनले जन्ती मात्र रोकेनन् । केहि ट्रिपर पनि रोकेका थिए । प्रदेश गृहमन्त्री हिक्मत कार्की निकटका मानिसले फोन गरेर ट्रिपर छाड्न इन्सपेक्टर ठाकुरलाई दबाब दिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको कम्पाउण्ड भित्र पार्किङ्ग गरिएका ट्रिपर छाडिएको एक प्रत्यक्षदर्शीले बताए । तर, बेहुलाको गाडी भने छाडिएन । स्थानीयले भने पहुँच हुनेको छाडियो निरिह सर्वसाधरणको विवाहको गाडी भने झिलझिले प्रहरीले छाडेन ।
    जन्तीले जरिवाना तिरेर जान गरेको आग्रहलाई प्रहरी निरीक्षक ठाकुरले इन्कार गरे । जन्तीका अनुसार उनले यतिमात्र भनिरहे, ‘सवारी पास नभएको गाडी फर्काएर घरै जानुहोस । लकडाउनमा विवाह गर्न पाईदैन ।’
    बुधबार राती पौने १० बजे सम्म बेहुला सडकमा अलपत्र नै थिए । प्रहरी निरीक्षक ठाकुरले आफ्नै समकक्षीले भनेको समेत टेरेनन् । बेहुला सहितका जन्तीले पटक पटक अनुरोध गर्दा पनि प्रहरी निरीक्षक ठाकुरले कुनै हालतमा नछाड्ने बताएर आफु लाई मानसिक तनाब दिएको बेहुला प्रदिप कुमार यादवले बताए ।

    सिराहा बजारबाट दिउसो १२ बजे बेहुली लिन उक्त माईक्रो जन्ती लिएर भद्रपुर तर्फ आउदै थियो । झापाको झिलझिलेमा आईपुगे पछि सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त माईक्रोलाई नियन्त्रणमा लिएको थियो । जन्तीमा सिराहाका एक स्थानीय पत्रकार पनि थिए । उनले पटक पटक अनुरोध गर्दापनि प्रहरी निरीक्षक ठाकुरले कुरा सुन्न नमानेको गुनासो गरे । ‘मैले पटक पटक अनुरोध गरे एकरती सुन्न मान्नुभएन । प्रहरीले परिस्थिती नबुझ्दा हामीले ५ घन्टा सडकमा दुःख र मानसिक पिडा पार्यौ,’ उनले भने ।
    जन्तीले १ नम्बर प्रदेश प्रहरी प्रमुखलाई समेत प्रहरीले दुख दिएको गुनासो गरे । त्यसपछि राती साढे ९ बजे मात्र बेहुला सवार माईक्रो प्रहरीले छोडेको थियो । बेहुलीका दाजु रोहित यादवले भने, प्रहरीले दुःख दिएको कुरा सुन्दा कतैबाट पनि चिक्त बुझ्दैन । उनले भने, ५ जिल्ला पार गरेर आउँदा सवारी पार्स नचाहिने झापाको झिलझिलेमा चै सवारी पास भन्दै रोकिदिने ? उनिहरुले भने, ‘यो प्रहरीको दुःख दिने नियत हो ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…