• मोरङ । मोरङको पथरी शनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा अध्ययनर बिद्यार्थीहरुले बुधबार पथरीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्व प्रदर्शन गरेका छन ।

     

    अनेरास्ववियूकि स्थानीय नेतृ तथा पथरी बहुमुखी क्याम्पस स्वबियु उपसभापति निता कुलुङ राईको नेतृत्वमा बिद्यार्थीहरुले प्रदर्शन गरेका हुन ।
    विरोध कार्यक्रममा सहभागी बिद्यार्थीहरुले "राष्ट्रघाती एमसीसी खारेज गर", "अमेरिकी सामाज्वाद मुर्दावाद" लगायत नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

     

    कार्यक्रममा राजकुमार तिरुवा, जमुना लिम्बू, हेमा चाम्लिङ, मनिश माझी, सरु माझी, नारायण दाहाल लगायतको सहभागीता रहेको थियो ।
    प्रदर्शन अघि भएको कार्यक्रममा अमेरिकाले

     

    अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण र सडक सन्जालको नाममा आफ्नो सेना मेपाल ल्याउन तयारी गरेकोले सम्झौता संसदबाट पारित गर्न नहुने र खारेजी गर्नुपर्ने बताइएको थियो ।

     

    अमेरिकाले एमसीसी इन्डो–प्यासिफिक सैनिक रणनीति भनिसकेकाले नेपालकै लागि खतराहुने बक्ताहरुले बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिती अध्यक्ष अर्जुन जम्नेली राई, बिद्यार्थी नेतृ निता कुलुङ राई, नेकपा स्थानीय नेता राजकुमार तिरुवा लगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…