• कलैया, असार १८ गते । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँ पालिकामा बिहीबार बिहान चट्याङ लगेर चार जनाको मृत्यु भएको छ, सात जना घाइते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार दुई दुवै स्थानमा बिहान खेतमा धान रोपिरहेका बेला परेको चट्याङ लागेर कलैया नपाको शीतलपुरमा दुई महिला र फेटा गाउँपालिकाको त्रिवेणी टोलमा दुई महिलाको मृत्यु भएको थियो । साथै त्रिवेणी टोलका सात जना घाइते भएका छन् । मृतकमा कलैया उपमहानगरपालिका सितलपुरकी वर्ष ४५ कि हालिका खातुन, र वर्ष ३५ कि आशादेवी महतो रहनु भएको छ ।
    त्यस्तै फेटा गउँपालिकाको त्रिवेणीमा मृत्यु हुनेमा वर्ष ४० कि सोनार पतिदेवी महतो वर्ष ३० कि हेन्द्रदेवी महतो हुनुहुन्छ ।
    फेटाका घाइतेहरुमा त्रिवेणी टोलका वर्ष ६० कि राजपति देवी, वर्ष ३५ कि कान्ति देवी, वर्ष ६० कि उमादेवी ठाकुर, २५ कि लीलादेवी, ३५ कि सोन्सिलादेवी धोवी, ६० कि लिलादेवी धोवी रहेका छन घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…