• – किरण पौड्याल इलाम, १८ असार (रासस) :
    मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ ।

    विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन ।

    गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताउनुहुन्छ । मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको गुनासो छ ।

    “हामी चीनलगायतका तेस्रो मुलुकमा तयारी चिया पठाउछौँ तर यो वर्ष अन्तर्राष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन”, सुब्बाले भन्नुभयो, “चिया किनेर प्रशोधन त गरियो तर बिक्री नहुँदा किसान र श्रमिकलाई दिने रकमसमेत छैन ।” उहाँका अनुसार लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या प¥यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान–श्रमिक चिढिएको सुब्बाको भनाइ छ ।

    पछिल्लो समय चिया बिक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले बताउनुभयो । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पु¥याउन भने अझै समस्या पर्ने गरेको चापागाईँको भनाइ छ । “एक चोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो”, चापागाईँले भन्नुभयो, “तर अहिले अवस्था सामान्य भइसक्यो ।”

    उहाँले चिया बजारसम्म नपुगे पनि आफूले श्रमिक र किसानलाई पारिश्रमिक र चियाको मूल्य भने दिँदै गरेको जिकिर गर्नुभयो । बन्दाबन्दीको चपेटामा परेका बेला श्रमिक र किसानको हातमुख जोड्ने वस्तु चियासमेत बिक्री नहुँदा समस्या आउन सक्ने भएकाले रकम भुक्तानी गरिसकेको उहाँको भनाइ थियो ।

    “धेरै उद्योगले चिया बिक्री भएपछि मात्र रकम दिने भन्दै उधारोमा चिया लिइरहेका छन् तर किसानलाई खाद्य सङ्कट आउन सक्छ भनेर मैले चाहिँ सबैलाई दिइसकेको छु”, उहाँले भन्नुभयो । यस वर्ष बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब रु ६० लाख घाटा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ । वन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा व्यहोर्नु परेको महासचिव राईले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…