•  

    उर्लावारी।

    उर्लावारीमा कोरोना संक्रमतिको संख्या ७ पुगेको छ । बुधबार कुवेतबाट फर्केर आएकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो



    बिहीबार उर्लावारी स्वास्थ्य शाखाले बुधबार १ र बिहीबारका ६ जना गरेर ७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।
    संक्रमित हुनेहरुमा २ जना पुरुष र ५ जना महिला छन् । दुबईबाट आएका २ जना पुरुष र कुवेतबाट आएका ५ जना महिलामा कोरोना संक्रमण देखिएको उर्लावारीको स्वास्थ्य शाखाले जनाएको छ ।

     

    संक्रमितहरु सबै राधिका माविको क्वारेनटाइनमा बसेका हुन् । उनीहरुको स्वास्थय अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।
    एक जना संक्रमितलाई उपचारका लागि कोभिड उपचार केन्द्र विराटनगरमा पठाइएको छ । बाँकी ६ जनालाई आवश्यक प्रक्रिया पुरा गरेर विराटनगर पठाउने तयारी भइरहेको उर्लावारीको स्वास्थ्य शाखाले जनाएको छ ।

     

    समुदाय स्तरमा कुनै पनि केश नदेखिएकाले आवश्यक सावधानी अपनाएर सुरक्षित रहत र नआत्ति पनि स्वास्थ्य शाखा उर्लावारीले सबैलाई अनुरोध गरेको छ ।

     

    यो पनि

     

    संक्रमित कुन कुन वडाका छन्

    उर्लाबारी१८ असार/ उर्लाबारी ६ मा रहेको राधिका माविको क्वारेनटाईनमा बसेका उर्लाबारी नगरका १, २, ३, ४ र ९ नं वडामा एक–एक जना महिला र ४ नं. वडामा २ जना पुरुषमा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ। कोरोना समुदायमा संक्रमण नआएकोले नआत्तिन र सजग रहन मेयर खड्ग फागोले नगरबासीमा आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…