•  

     

     

     

    उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा नदेखिएकाले आवश्यक सावधानी अपनाएर सुरक्षित रहन र नआत्तिन आग्रह गर्नुभएको छ ।

     

    बैदेशिक रोजगारबाट कुवेतबाट फर्किएका ५ महिला र दुबईबाट फर्किएका २ पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएपछि मेयर फागोले सुरक्षित रहन आग्रह गर्नुभएको हो ।

     

    उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका उनीहरुलाई सिधै क्वारेन्टाइनमा ल्याएकाले समुदाय स्तरका ब्यक्तिहरुसँग कुनै सम्पर्क नरहेको हुँदा उर्लाबारीबासी आत्तिहाल्नु पर्ने अवस्था नरहेको उहाँको भनाई छ ।

     

    भौतिक दुरी कायम गरी भिडभाडमा अनिवार्य माक्सको प्रयोग गर्न उहाँले सम्पूर्ण नगरबासीहरुलाई अनुरोध गर्नुभएको छ ।

     

    http://ratokalam.com/archives/86138

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…