•  

    मोरङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले एमसिसी नेपाल र नेपाली जनताको हितमा हुने बताएका छन् । एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताए ।
    मोरङको उर्लाबारीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमसिसी नेपालमा आउनुपर्छ भन्ने बारे कांग्रेसमा साझा धारणा र विवाद नरहेको स्पष्ट पारे ।
    उनले भने, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन। अमेरिकी सेना पस्ने हल्ला निराधार हो।”

    सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसिसी गलत हो भन्ने आमजनधारणा बनेको उनको भनाइ थियो ।
    एकातिर अमेरिकी विस्तारवाद भन्ने र अर्काेतिर सहयोगको अपेक्षा गरेर सरकारले दोधारे चरित्र देखको भन्दै घिमिरेले आप्पत्ति जनाए ।
    “अक्षरशः पढ्नुस्, अनि एमसिसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस”, उनले भने “सुनेको भरमा धारणा बनाउनु हुँदैन।” मुलुकको विद्युत प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने उनको भनाइ थियो ।

    उनले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए ।

     

    https://www.youtube.com/watch?v=N9Kv3OTIfEQ&t=857s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…