•  

    काठमाडौं । उपत्यकामा बिहीबार थप ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ जना पुरुष तथा ललितपुरका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै, महाराजगञ्जमै गरिएको परीक्षणमा भक्तपुरमा दुई जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, शुक्रराज ट्रपिकल तथ((ा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एकै दिन ४७२ जनामा संक्रमण देखिएको छ भने संक्रमित संख्या १४ हजार ५१९ पुगेको छ ।

    त्यस्तै, ४७ दिनको शिशुलाई कोरोनाको संक्रमण भएकोमा उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको हो । शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । शल्यक्रिया गर्नुअघि परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनीसहित नेपालमा ३१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…