•  

    काठमाडौँ, असार १९ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

    पछिल्लो २४ घण्टामा चार हजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा नाै हजार ८४ रहेका छन् ।

    डिस्चार्ज हुने दर बढ्दाे

    देशभर छ हजार १४३ डिस्चार्ज भएका छन् । देशभरबाट ८२३ जना निकाे भएर घर फर्केका छन् ।

    पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला

    नेपालमा रहेका ७७ वटा जिल्लाहरूमध्ये आठवटा जिल्लामा पाँच सयभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा महोत्तरी, रौतहट र सर्लाहीसहित तीन जिल्ला, प्रदेश ५ मा कपिलवस्तु, पाल्पा र दाङसहित तीन जिल्ला रहेका छन् ।

    यस्तै, कर्णाली प्रदेशमा दैलेख र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लामा पनि भाइरसका कारण पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

    परीक्षणकाे दायरा फराकिलाे हुने

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट अत्यधिक जोखिममा रहेकालाई ध्यान दिने बताइएको छ । त्यसमा क्यान्सर र मधुमेहका बिरामी, आइसीयु र इमरजेन्सीमा आउने बिरामी, पकेट क्षेत्रका बासिन्दा र स्वास्थ्यकर्मीहरूको परीक्षण गरिने कुरा उहाँले बताउनुभयो ।

    यस्तै, क्वारेन्टाइनमा रहेका सङ्क्रमितहरूको रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि आयुर्वेदिक औषधीहरू वितरण गरिनेछ ।

    थप एकको मृत्यु
    कोरोना भाइरसका कारणले काठमाडौँमा थप एक जनाको निधन भएको छ । नयाँ बानेश्वरमा बस्ने ८५ वर्षीय एक पुरुषको भाइरसका कारणले निधन भएको पत्रकार सम्मेलनमा प्राडा गौतमले जानकारी दिनुभयो ।

    पार्किङ्सन्स रोगबाट पीडित पुरुषकाे छाती दुखेपछि राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको हो ।

    हिजो बिहीबारमात्र राजधानीकै एक अस्पतालमा एक ४९ दिनका नवजात शिशुको कोरोनाको कारणले मृत्यु भएको थियो । आज मृत्यु घोषित पुरुषसहित नेपालमा कोरोना लागेर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…