• विराटनगर, असार १९ गते । प्रदेश १ मा शुक्रबार २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छ जना डिस्चार्ज भएका हुन् ।

    सामाजिक विकास मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा १३ महिला र आठ पुरुष रहेका छन् । मोरङका १२, सुनसरीका पाँच र उदयपुरका चार जना डिस्चार्ज भएका हुन् ।
    विराटनगरबाट डिस्चार्ज हुनेमा तीन वर्षका बालकदेखि ४८ वर्ष सम्मका रहेको कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उनीहरू जेठ २७ देखि असार १२ गतेसम्म भर्ना भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ४२१ पुगेको छ । प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…