• सुनसरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले दुई सय जना सक्रिय पत्रकारहरुलाई स्वास्थ्य सामाग्रि वितरण गरेको छ ।

     


    निरन्तर कार्यक्षेत्रमा हिड्नु पर्ने दुई सय पत्रकारहरुलाई स्वास्थ्य समाग्री एन–९५ माक्स र सेनिटाइजर वितरण गरेको फोनिज १ नम्बर प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईले बताए ।



    फोनिज प्रदेश समितिले संघीय सचिव कमन देवान, इन्चार्ज दिपिन राई, प्रदेशका सस्लाहकार संयोजक जनकऋषि राई लगायत जिल्ला अध्यक्षहरु मार्फत स्वास्थ्य समाग्रि वितरण गरेको हो ।



     

    वेलायत बसेर पनि नेपालको विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आएका मिलान नाल्बो लिम्बूको सहयोगमा स्वास्थ्य सामाग्रि वितरण गरिएको फोनिज प्रदेश समितिका उपाध्यक्ष फिपराज बेघाले बताए । नाल्बोले प्रदेश १ मा कार्यरत पत्रकारहरुको लागि दुई सय एन–९५ माक्स र ११० वटा सेनिटाइजर प्रदान गरेका थिए ।

     

    नाल्बोको सहयोगमा आएको स्वास्थ्य सामाग्रि फोनिज झापा अध्यक्ष विशाल नेम्वाङ, मोरङका दिनेश सुब्बा, सुनसरी अध्यक्ष धिरेन चौधरी, इलामका राम योङहाङ, पाँचथर अध्यक्ष गनेश राई, ताप्लेजुङ लगायतका जिल्ला समितिहरुमा पार्फत पठाइएको अध्यक्ष जम्नेलीले जानकारी दिए । प्रदेशमा सात सय बढी आदिवासी जनजाति पत्रकार रहेका छन् ।

     

    आफ्नो तर्फबाट फिल्डमा खट्नै पर्ने पत्रकारहरुको लागि मात्र माक्स र सेनिटाइजर पठाएको सहयोगदाता मिलन नाल्बोले बताए । समाजिक, राजनीतिक कार्यमा क्रियाशिल युवा नाल्बो वेलायत जानु अघि मोरङ पथरीका स्थायी बासिन्दा हुन् । वेलायत बसेपनि नेपालको बिभिन्न रोगि, पीडित व्यक्तिहरु, बालबालिका तथा सांस्कृतिक रुपान्तरणको लागि बिभिन्न स्थानमा बनेका मूर्ति निर्माणमा सहयोग गर्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…