• काठमाडौँ, असार २० गते । कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

     

    यससँगै देशभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना पुगेको छ । शुक्रबारसम्म सङक्रमितको सङ्ख्या १५ हजार २५९ रहेको थियो ।

     

    हालसम्म कोरोनाभाइरसका सङ्क्रमित छ हजार ४१५ जना मुक्त भई घर फर्केका छन् । कोरोनाभाइरसका नौ हजार ४२ जना सङ्क्रमित हाल आइसलोसनमा छन् । मन्त्रालयका अनुसार देशभरि ३३ हजार १२५ जना हाल क्वारेन्टीनमा छन् । पछिल्लो चौबिस घण्टामा २७२ जना कोरोना सङ्क्रमित आइसोलेशन अवधि पुरा गरेर उपचारपछि घर फर्केका छन् ।

     

    पछिल्लो चौबिस घण्टामा चार हजार ५० जनामा आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा प्रति दश लाखमा परीक्षण दर भारत, अफगानिस्तान, श्रीलङ्का र पाकिस्तानभन्दा उच्च रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…