• द्रोण अधिकारी
    भद्रपुर, २१ असार । सघन सहरी विकास योजना अन्र्तगत निर्माण सम्पन्न भएको भद्रपुर नगरपालिका ९ र १० जोड्ने चन्द्रगढी सामुदायिक वनको कार्यालय पश्चिम चन्द्रगढ देउनिया सडकको कालोपत्रे भत्कन थालेको छ ।
    निर्माण सम्पन्न भएको एक महिना पूरा नहुँदै कमसल निर्माण सामग्री प्रयोग गरी रातारात तयार पारेको कालोपत्रे चिरिएर भत्कन थालेको हो ।
    गजुरमुखी कन्ट्रक्सनले निर्माण गरेको सो सडकमा प्रयोग भएका निर्माण सामग्री कमसल रहेकोले भत्कन थालेको स्थानीयको आरोप छ ।
    गुणस्तरीय मापन गरी स्तरीय काम गराउने जिम्मेवारी पाएका सघन सहरी विकासका प्राविधिक ठेकेदारमैत्री भएर कमिसनमा अलमलिन थालेपछि निर्माण सम्पन्न भएका तथा रकम भुक्तानी दिइएका सडक चिराचिरा हुँदै भत्कन थालेपछि आयोजनाका प्राविधिकको नैतिकता र कामको जिम्मेवारी प्रति प्रश्न उब्जन थालेको छ ।
    स्थानीय लोकबहादुर कुँवरका अनुसार बैशाख अन्तिम हप्तातिर कालेपत्रे गरिएको सो सडकको काम चलुन्जेल सरकारी प्राविधिक न्युन रूपमा अनुगमनमा आउने गरेका थिए । उनका अनुसार निर्माण कम्पनीले पनि कामदारका भरमा रातारात काम गरेको थियो । सोही कारण आवश्यक मात्रा नमिलेर कालोपत्रेमा अलकत्रोको कमसल परिणाम राखिएर चिरिदै भत्कन थालेको हो ।
    भद्रपुर नगर क्षेत्रमा पहिलो, दोश्रो र तेस्रो चरण गरी तीन खण्डमा भइरहेका अधिकाम्स सडक स्तरीकरणका काम निर्माण ठेकेदार कम्पनीले कन्ट्राक्ट ठेकेदारका भरमा जिम्मा लगाउँदा निर्माण गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ ।



    निर्माण सम्पन्न भएका सडकका नाली चर्कने, ग्राभेलिङ तथा कल्र्भट धसिने र कालोपत्रे उक्कने समस्या देखिन थालेको स्थानीय विष्णु राजवंशीको भनाइ छ । राजवंशीका अनुसार सडक निर्माण स्थलमा सरकारी प्राविधिक टोली कमै मात्र आउने गरेका छन् भने निर्माण ठेकेदार कम्पनीका प्राविधिक पनि पेटीे कन्ट्राक्टरका कामदारको भरमा विश्वस्त भएर निर्माणाधीन संरचना बनिइ रहेका छन् ।
    दुई महिना अगाडि कालोपत्रे गरिएका सडकमा अहिलेसम्म कालोपत्रेले सेट नलिइएको पाइएको छ । चन्द्रगढी सामुदायिक वन समितिको पश्चिम चन्द्रगढ हुँदै देउनिया खोला जोड्ने सडक, भद्रपुर नयाँ वजार हुँदै पोखरी पूर्व तथा पश्चिम रङ्गिला चौक निस्कने सडकको कालोपत्रेले निर्माण भएको दुई महिनामा पनि सेट नलिएपछि सवारी साधन आवागमनमा कालोपत्रे भत्कन थालेको छ ।
    कमजोर नियामकको फाइदा उठाउँदै ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरिरहेका छन् । ग्राभेलिङमा मिक्स गिटी प्रयोग गर्नु पर्नेमा माटो मिसिएको धुलो बालुवाले पुर्ने काम भइरहेको स्थानीयको भनाइ छ । ५ इञ्च मोटाइको सडक नाली वाल ढलाइ हुनु पर्नेमा ४ इञ्चभन्दा बढीका ढलान गरिएको छैन । गिटी बालुवा र सिमेन्टको परिणाम समेत सम्झौता बाहिर भइरहे पनि गुणस्तर मापन गर्नेको दृष्टि पर्न नसक्नु रहस्यमय भएको स्थानीयको आरोप छ ।

    नियामकको भूमिकामा रहेको सघन शहरी विकास कार्यालय भद्रपुरका इञ्जिनियर विनोद सिंह भने सघन शहरी विकास अन्र्तगत भइरहेका कामको गुणस्तर कमसल हुन नदिइएको दावी गर्छन् । सिंहका अनुसार निर्माण सम्पन्न भएपछि कतै कतै समस्या देखिए पुनः मर्मतसंहार गरेर मात्र ठेकेदार कम्पनीबाट सरकारले बुझ्ने बताउँछन् । उनका अनुसार चन्द्रगढ देउनिया सडक खण्ड भत्कनुको प्रमुख कारण क्षमता भन्दा बढी भार बोकेका सवारी साधन आवागनले भएको बताए । मेची राजमार्गको चन्द्रगढी चारआली सडक खण्ड निर्माणका क्रममा अबरूद्ध हुँदा सो बाटो हिड्ने सवारी साधन देउनियाँ चन्द्रगढ सडकबाट आवात जावत गरेकै कारण भत्केको भए पनि पुनः निर्माण भएपछि भुक्तानी दिने सिंहले प्रष्ट पारे ।

    यस आयोजनामा श्रेष्ठ कन्ट्रक्सन मकवानपुर—काठमाण्डौले ३० किमी, गजुरमुखी कन्ट्रक्सन इलामले २३ किमी, खनाल कन्ट्रक्सन इलामले ६ किमी र पुष्पाञ्जलि जेभी अरनिको हेविटस जलथलले ५ किमी सडक नाला निर्माणको जिम्मा लिएर काम गरिरहेका छन् । बहुवर्षे आयोजना अन्र्तगत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भइ रहेको छ । दुई अर्व रुपैयामा ५ वर्ष भित्र भद्रपुर नगरपालिका भित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…