• काठमाडौँ, असार २१ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढलको पानीमा कोरोना सङ्क्रमण सार्ने जीवाणु वा विषाणु पाउँदैमा नआत्तिन अपील गरेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरमा भएको शोध र अध्ययनले ढलको पानीमा पाइने जीवाणु वा विषाणु कोरोना सार्ने तथ्य पुष्टि नगरेको प्रष्ट्याएको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोरोना सङ्क्रमणको जीवाणु वा विषाणु पाइएको विषयमा मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को समन्वयमा थप अध्ययन गरिने बताउनुभयो ।

    प्रवक्ता गौतमले भन्नुभयो, “ढलको पानीमा कोरोना सङ्क्रमण सार्ने जिवाणुको अंश भेटिँदैमा समुदायमा सर्ने जोखिम रहन्न ।” उहाँले थप्नुभयो, “उक्त अध्ययन ढलको पानीमा विषाणुकाे मात्रा बुझेर सङ्क्रमणको अवस्था बुझ्ने पूरक विधि हो, तसर्थ नआत्तिन र नडराउन आग्रह गर्छौं ।”
    एक निजी प्रयोगशालाले गरेको अध्ययनमा काठमाडौँको ढलको पानीमा कोरोना सार्ने विषाणु ‘आरएनए फ्राग्मेन्ट’ फेला परेको थियो । प्रवक्ता गौतमले भन्नुभयो, “अन्तर्राष्ट्रिय स्तरमा गरिएको शोधले विषाणुको फ्राग्मेन्टले कोरोना रोग सार्दैन ।” यद्यपि ढलको पानीमा पाइने अन्य जिवाणुले रोग सार्ने जोखिम हुँदा उचित प्रशोधन र व्यवस्थापनमा जोड दिइने उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…