• काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूसँग सत्ता सहकार्यका लागि नेता सुवास नेम्वाङमार्फत प्रस्ताव आएको खबर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नु भएको छ ।

    नेकपा संसदीय दलका उपनेता नेम्वाङ ओलीको सन्देश बोकेर आइतबार बिहान देउवा निवास पुग्नुभएको थियो ।

    प्रधानमन्त्री ओली बरु देउवासँग मिल्ने तर प्रचण्डसँग नझुक्ने रणनिति तय गर्नुभएको छ उच्च स्रोतले भन्यो।

    ‘नेम्वाङजीले पार्टीका नेताहरुले राष्ट्रपतिमाथि नै षड्यन्त्र हुन खोजेको छ भन्दै सहयोग माग्नु भएको थियो ।

    मैले पनि ठट्टाको शैलीमा ओलीले गएको चुनावमा देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । ज्योतिषीले ७ चोटी प्रधानमन्त्री बन्नुहुन्छ भन्नुभएको थियो । अहिले यस्तो कुरा गर्नुहुन्छ भनेँ’, सुवास नेम्वाङसँगको छलफल उदृत गर्दै देउवाले पार्टीलाई ब्रिफिङ गर्दै भन्नुभयो ।

    २०७४ साल कार्तिकमा धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले आफूलाई 'ज्योतिषले सात पटक प्रधानमन्त्री बन्छस्' भनेको बताउनुभएको थियो ।

    सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादले ओली सरकार संकटमा परेका बेला देउवाले आफूलाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने भनि गरेको भविष्यवाणीको प्रसंग कोट्याउनुभएको हो ।

    यसैबिच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरुले सभापति देउवासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भएको गोप्य भेटबारे जवाफ मागेका छन् ।

    आज अपरान्ह ३ बजेबाट सुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले उक्त भेटबारे सभापति देउवासँग जवाफ माग गरेका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति देउवाको साथ मागेको रहस्य खुलेको हो ।

    ओलीले असार १७ गतेले आफैले र आइतबार (आज)आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर काँग्रेसको साथ माग्नुभएको हो ।

    आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे समाचारहरुमा आएको विषयबारे प्रश्न गरेपछि सभापति देउवाले ओलीसँग भएको भेटवारे ब्रिफिङ गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…