पुष्कर खड्का
२२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पृति शोक परेको छ। उनका पिता कृपासिंह घिसिङको आइतबार राती निधन भएको हो।
रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङ ट्वाइलेट जाने क्रममा लडेर घाइते भइ उपचारको लागि घिसिङलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सुनापती गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खड्ग घिसिङले जानकारी दिनुभयो ।
मृतक घिसिङलाई आज बिहान १० बजे तामाङ गुम्बाबाट स्वयम्भुमा लगेर अन्त्यष्टि गरिने परिवारले बताएको छ ।