• असार २१, २०७७ 
    झुटा विवरण पेश गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता बनाइदिएको कसुरमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

    महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरीबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । उनलाई आइतबार आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

    गत मंसिर १० गते आचार्यसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।

    कर्मचारीसहित बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका ९ का वडाध्यक्ष शनिलाल राजवंशी समेत उक्त घटनामा संलग्न रहेको प्रहरीको आरोप छ । घटनामा संलग्न भएको आरोपमा ४६ जनामाथि उजुरी परेको छ । उजुरीलगत्तै दुवै वडाध्यक्ष फरार छन्।

    प्रहरीको अनुसन्धानमा झुटा विवरण पेश गरी नागरिकता लिनेमा भारतीय, भुटानी र तिब्बती नागरिक रहेको उल्लेख छ ।अपराध न्यूजबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…