•  

    असार २३, २०७७ 
    विज्ञहरूका अनुसार हरेक व्यक्तिले आत्महत्या गर्ने सोच पहिल्यै कुनै न कुनै माध्यमबाट अभिव्यक्त गरेको हुन्छ । सामान्य कुराकानीमा पनि बाँच्न मन नलागेको भावनाहरू पोखिरहेको हुन सक्छ । अझ फेसबुक प्रयोगकर्ताको हकमा पहिल्यै छनक दिएको पाइन्छ । यसका लागि मनोविद् करुणा कुँवरले एउटा उदाहरण दिइन् । एक वर्ष अगाडि राजधानीमै एक स्कुले विद्यार्थीले आत्महत्या गरे । कुँवरका अनुसार ती किशोरले एक वर्षदेखि फेसबुकमा आत्महत्यासम्बन्धी अनेक पोस्ट गरेका रहेछन्, दु:ख पोखेका रहेछन्, तर कसैले मतलबै गरेनन् ।

     

    ‘उनको पोस्टलाई आफन्तले गम्भीर रूपमा लिएको र उनलाई सम्झाएको भए आत्महत्याबाट रोक्न सकिन्थ्यो,’ कुँवर भन्छिन्, ‘तर, त्यस्तो भावनालाई प्राय: बेवास्ता गरिन्छ ।’ उनी फेसबुकमा लाइभ आएर आत्महत्या गर्ने प्रवृत्तिलाई ‘सुसाइड नोट’ कै आधुनिक स्वरूप भन्न रुचाउँछिन् ।

    ‘सुसाइट नोटमा पनि मर्नुको कारण लेखिएको हुन्थ्यो, लाइभमा पनि कारण नै भन्ने गरेको पाइन्छ,’ उनले भनिन्, ‘तर, आफ्नो आफन्त र साथीको सार्वजनिक गतिविधिलाई नियाल्ने हो भने व्यक्तिभित्रको बेचैनी थाहा पाइन्छ र साथ–हौसला दिएर बचाउन सकिन्छ ।’

     

    बंगलादेशमा गरिएको अध्ययनले पनि फेसबुकमार्फत व्यक्तिको आन्तरिक छटपटी र आत्महत्याप्रतिको सोच बुझ्न सकिने निष्कर्ष निकालेको थियो । ‘सामाजिक सञ्जालले प्रयोगकर्ताको मानसिक अवस्था बुझ्न र ख्याल गर्न सहज बनाएको छ ।

    ‘फेसबुककै आत्महत्या पहिचान गर्ने प्रणाली र प्रयोगकर्ताका पोस्टमार्फत साथीहरूले आत्महत्याको संकेत पाउन सक्छन्, रोकथाममा यो प्रभावकारी हुन सक्छ,’ अध्ययनमा भनिएको छ । यसका लागि धेरैभन्दा धेरै मनोविमर्श आवश्यक पर्ने मानसिक रोग विशेषज्ञ रिसालको भनाइ छ ।

    फेसबुक पोस्टका प्रकृति र म्यासेन्जरमा बोल्ने शैली बदलिनु पनि यसको संकेत हो । ‘यदि कसैले झुक्किएर पनि मर्ने कुरा गर्छ भने त्यसलाई गम्भीर रूपमा लिनुपर्छ,’ रिसाल भन्छन्, ‘फेसबुक पोस्टले व्यक्तिभित्रको आत्महत्या मनोवृत्ति पहिचान गर्न सहज हुन्छ । नजिकका मान्छेले सकारात्मक निगरानी गर्ने र साथ दिने हो भने आत्महत्या रोकथाम गर्न सकिन्छ ।’

    कान्तिपुर दैनिकबाट साभार

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…