•  

    काठमाडौँ, असार २३ गते । पार्टीभित्र देखिएको विवाद सल्टाउनेगरी भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वान-टु-वान वार्ता सम्पन्न भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा लामो चलेको वार्ता सकारात्मक भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच भोलि बुधबार बिहान पुनः वार्ता हुने उहाँले जानकारी दिनुभयो । भोलि बिहान ११ बजे नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ ।

    त्यसअघि दुई अध्यक्षबीच छलफल हुनेछ । पार्टीभित्र चुलिएको विवादलाई निकास दिनेगरी सक्रिय रहनुभएका अध्यक्षद्वयले भोलिसम्म सहमतिमा पुग्ने अध्यक्षका सचिवालयका सदस्यहरूको विश्वास छ ।

    यसैबीच अध्यक्षद्वयलाई सहयोग गर्न जिम्मेवारी पाएका चारजना नेताहरूको बैठक पनि आन्तरिकरुपमा बसिरहेको सचिवालयका सदस्यहरूले बताउनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…