• उर्लाबारी । मोरङको उर्लाबारीमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरिएको छ ।

     

    उर्लाबारी–५ सिसौलीकी १७ बर्षीया किशोरीलाई २०७६ फागुन २७ गते घरमा कोही नभएको अवस्थामा सोही ठाउँका २१ बर्षीय भेषराज आचार्य र ३० बर्षीय प्रदिप खतिवडाले सामुहिक बलात्कार गरेको पीडित परिवारले जनाएको छ । बेहोस बनाउने औषधि सेवन गरी किशोरीलाई दुई जना सामुहिक करणी गरेको थिए । उनीहरु दुबैलाई जवरजस्ती करणीअभियोगमा पक्रउा गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ती युवाले सामुहिक करणीपश्चात कसैलाई भने मार्ने धम्कीसमेत दिएको खुलेको छ ।

     

    करणीपश्चात बारम्बार किशोरी बिरामी हुन थालेपछि केही दिनअघि मात्र स्वास्थ्य परीक्षण गर्दा किशोरीको पेटमा बच्चा भएको जानकारी पाएपछि घटनाको रहस्य बाहिरिएको थियो । पीडित परिवारले दोषीलाई हदैसम्म कार्वाही गर्न माग गरेका छन् । त्यस्तै, बाल क्लब सञ्चाल उर्लाबारी वडा नं. ६ ले पनि घटनाको छानविन गरी दोषीलाई हदैसम्म कार्वाही र पीडित परिवारको न्यायका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईलाई अनुरोध गरेको छ । सञ्जालकी अध्यक्ष कृतिका कार्कीले बालिकामाथी जवरजस्ती करणी गर्नेलाई हदैसम्म कार्वाही गर्न माग गरिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…