• २०७७ असार २५ 

    काठमाडौं । सरकारले छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।

    बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले छोटो दूरीमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिन सरकारले निर्णय गरेकाे बताए ।

    याे सँगै अब काठमाडौं उपत्यकाका तीनै जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएकाे छ। अन्य जिल्लामा भने जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइनेछ। चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रुमात्रै बस्न पाउने छ।

    यात्रु सबैले मास्क लगाउनु पर्ने र गाडीमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने सरकारले जनाएको छ। एक पंक्तिमा एकजना बस्ने गरी सवारी साधनको क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने जनाइएको छ। यसरी सञ्चालन गरेकाे सवारीमा यात्रुसँग ५० प्रतिशत थप भाडा लिन पाइने सरकारकाे निर्णय रहेकाे छ ।

    यस्तै, ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय भएको छ। ट्याक्सीमा भने थप भाडा लिन पाइने छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…