सिन्धुपाल्चोक, असार २७ गते । असार २५ गते बाह्बिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढीमा परि बेपत्ता भएकाहरु मध्य एक जना जिवित र एक जना मृत अबस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले असार २६ गते लार्चा बाढीमा परि बेपत्ता भएका ५७ बर्षीय नाप्चे मगर जिवित अबस्थामा भेटिएको जानकारी दिनु भयो । शनिबार बिहान मगर भोटेकोशी नदीमा जिवित अबस्थामा भेटिएका हुन् । उनको टाउको र खुट्टामा सामान्य चोटपटक लागेको र स्थानीय स्वास्थ संस्थामा उपचार भईरहेको डिएसपी काफ्लेले बताउनभयो । मगर २४ घण्टा पछि जिवितै भटिएका हुन् ।
त्यस्तै भोटेकोशी गाउँपालिका ५ बुलकुटेमा बाढी र पहिरोमा परेर बेपत्ता भएका भोटेकोशी गाउँपालिकाका ६ बर्षीय साहिल तामाङ मृत अबस्थामा भेटिएका छन् । शुक्रबार बेलुकी साहिलको शव चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटे स्थित सुनकोशी नदीमा फेला परेको जिल्ला प्रहर िकार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी काफ्लेले बताउनुभयो । शव परिवारजनलाई बुझाइएको छ ।
जम्बु बाढी र पहिरोमा बेपत्ता भएकाहरु मध्य २० बर्षीय निकेश बस्नेत र उनीको डेढ बर्षीया छोरीको लास सोहि दिन भेटिएको थियो । डिएसपी काफ्लेले दिनु भएको जानकारी अनुसार सो बाढी र पहिरोमा परेर बेपत्ता १७ जना अझ फेला पर्न सकेका छैनन् । भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढी पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खोजी कार्यमा बिपद् ब्यबस्थापन महाशाखाका २७ जना बिशेष तालिमप्राप्त उद्धारकर्मी, नेपाली सेना, प्रहरी, स्थानीय, बेपत्ताका परिवारजन लगायत खोजी कार्यमा जुटिरहेका छन् । काभेपलाञ्चोक, सिन्धुली, रामेछाप नदीमा खोजी गर्न पनि प्रहरीले त्यहाँका प्रहरीलाई खबर गरेको डिएसपी काप्लले जनाकारी दनु भयो । भोटेकोशी, सुनकोशी लगायत नदीका आसपास क्षेत्रमा बसोबास गर्दे आएकालाई जिल्ला प्रहरी कार्यालय सर्तकता अप्नाउन र केही समस्या परेमा जिल्ला बिपद् ब्यबस्थापन समितिमा तुरुन्त खबर गर्न आग्रह पनि गरेको छ ।