रातोकलम अनलाइन। असार-२८,क्वालालम्पुर। कोरोना भाइरस कोभिड-१९ का कारण मलेशियामा अलपत्र नेपालीहरु हालसम्म भएका २१ चार्टर उडान मार्फत ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्किएका छन । गत जुन १८ मा मलेसियाबाट पहिलो चार्टर उडान भएको थियो, त्यस यता विभिन्न मितिमा भएका नेपाल एयरलाईन्स , हिमालय एयरलाईन्स र मालिन्डो एयर मार्फत नेपालिहरु फर्किएका हुन।
फिलिपिन्सबाट समेत गरी सो २१ बटा उडानमार्फत ३ हजार ३२२ जना नागरिकहरु नेपाल फर्किएको नेपाली राजदुतावास मलेसियाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
दुतावासका अनुसार मलेसियामा रहेका नेपाली बाहेक ईण्डोनेसियाबाट २० जना , फिलिपिन्सबाट १०९ जना तथा हङकङ , भियतनाम , सिंगापूर , ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएका हुन । यस्तै मलेसियाको क्वालालम्पुरबाट भएका विभिन्न चार्टर उडानहरुबाट मलेसियाको विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्काएको छ।त्यस्तै फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली आइतबार स्वदेश फर्किएको छन।भने उक्त उडानहरु मार्फत ३९ नेपालीको शव पनि स्वदेश ल्याएको हो ।