उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले अविरल बर्षाका कारण बाढीको जोखिम बढ्दै गएको भन्दै नगरबासीहरुलाई सचेत रहन आग्रह गर्नुभएको छ । अविरल बर्षाका कारण नगरपालिकाभित्रबाट बग्ने स्थानीय खोला, नहर, पैनीलगायतमा पानीको बहाव बढ्दै गएपछि उहाँले सचेत रहन आफ्ना नगरवासीहरुलाई आग्रह गर्नुभएको हो । नगर प्रमुख फागोले खोला छेउछाउमा बसोवास गर्ने नगरवासीलगायतलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभएको छ । प्रमुख फागोले बाढीको जोखिम भएका स्थानका नगरबासीहरुलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभयो ।
समस्यामा परे वडा कार्यालय वा नगरपालिकालाई तुरुन्त खबर गर्न आग्रह गर्दै प्रमुख फागोले नगरवासीलाई बाढीले निम्त्याउने जस्तो सुकै समस्या समाधान गरेर सुरक्षित राख्न नगरपालिका सक्षम रहेको बताउनुभयो । बर्षासँगै उर्लाबारी क्षेत्र डुवानमा परेको र आफ्ना स–साना बालबालिकाहरुलाई जथाभाबी नछोड्न पनि प्रमुख फागोले नगरबासीलाई अनुरोध गर्नुभएको छ ।
बर्षासँगै उर्लाबारी क्षेत्र डुवानमा परेको र आफ्ना स–साना बालबालिकाहरुलाई जथाभाबी नछोड्न पनि प्रमुख खड्ग फागोले नगरबासीलाई अनुरोध गर्नुभएको छ ।