२०७७ आषाढ २९ सोमवार
एति बेला अविरल वर्षाका कारण उतारी मोरंगको बिभिन्न क्षेत्रमा उच्च जोखिम रहेको छ ।
अविरल वर्षाका कारण चिसाङ खोलाले कमलपुर , फडानी र किर्तिमान चल्ने सिचाईको मुहान र लेटाङ जोड्ने सडक खण्ड क्षणभरमा कटान भएको छ भने स्थानिय कृषि योग्य जमिन पनि धेरै कटान भइरहेको प्राप्त खवर छ ।
स्थलगत अनुगमन गरेपछि माननीय उपेन्द्र घिमिरेले सुन्य समयमा सदन बाट नै सबैपक्षलाई तत्काल जोखिम न्युनिकरणका लागि पहल गर्न अपिल गर्नुभएको हो ।
कटान क्षेत्र स्थलगत अनुगमनमा माननीय उपेन्द्र घिमिरे लेटाङ न.पा उपमेयर कृष्ण कुमारी निरौला २ र ३ वडाध्यक्षहरु साथमा लेटाङ्ग साखा प्रहरी कार्यालयबाट पनि सहभागी थिए ।
हाललाई नगरपालिका वडा न. २ / ३ र स्थानीय प्रहरीको पहलमा, स्काभेटर र तार जाली गरेर अस्थाई व्यवस्थापनका लागि पहल गरिरहेको वडा न. २ का अध्यक्ष तेज प्रसाद तिम्सिनाले रातोकलामलाई जानकारी दिएको छ ।
केराबारी गाउपालिका
केराबारी गाउपालिका वडा न. २ सिहदेबिको चिसापानीमा पहिरोले ३ घर पुरिएको र मानबिय क्षति हुनबाट जोगिए पनि भौतिक संरचना लाखौको क्षति पुगेको सोहि वडाका अध्यक्ष प्रेम लिम्बुले जानकारी दिएका छन् ।
प्राप्त जानकार अनुसार, सोही वडाको खानिटोलमा पहिरोले घर पुरिदा भक्त बहादुर आङ्बोको श्रीमती शुकमाया लिम्बुको मृत्यु भएको हो ।