२०७७ असार २९ 
काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीकाे कारण नेकपाकाे अस्तित्व संकटमा पर्ने बताएका छन् । ओलीलाई पाँच वर्षसम्म सरकार सञ्चालन गर्न दिने हो अर्को चुनावमा नेकपा सखाप हुने उनकाे भनाई छ।
सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको भर्चुअज मिटिङमा बोल्दै उनले पार्टी फुटाउने धम्की दिँदै ओलीले सत्ता टिकाउन खोजेको आराेप लगाए।
‘अहिले जसरी केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसरी पाँच वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रुट आउट हुन्छ,’ खनालले भने, ‘कम्युनिष्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धी हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ। तर प्रधानमन्त्री ओलीले पार्टीको फुटको त्रास देखाएर सत्ता टिकाउन खोज्नु भएको छ।’
खनालले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिएपनि चाँडै निष्कर्षमा पुग्ने समेत बताए। ओलीको नेतृत्वका सरकार नै अनियमितताको संलग्न भएको र त्यसबारे चित्तबुझ्दो जवाफ दिन नसकेको उनको आरोप छ।
मन्त्रिपरिषद्, योजना आयोगदेखि सबै स्थानमा अोलीले आफूले चाहेको वा गुटको मानिसलाई मात्रै भर्ना गरेको खनालको भनाइ छ। ओलीले सबै निर्णय एकलाैटी गरेकाे र पार्टीसँग छलफल नगरेकाे समेत खनालले बताएका छन् ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        