•  

     

     २०७७ असार ३०
    आजको पञ्चाङ्ग
    वि.सं. असार ३०, २०७७ । ई.सं. 14 July, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लागा । प्रमादी उत्तरायण ग्रीष्म । मंगलवार श्रावण कृष्णपक्ष तिथि । नवमी, १८:४९ बजे उप्रान्त दशमी । नक्षत्र अश्विनी, १३:३८ बजे उप्रान्त भरणी । योग धृति, २३:५६ बजे उप्रान्त शूल । करण तैतिल ०५:५२ बजेदेखि गर, १८:४९ बजे उप्रान्त वव । चन्द्रराशि मेष । आनन्दादि योग अमृत । दिनमान ३४।१३ । सूर्योदय ०५:१९ । सूर्यास्त १९:०० । सर्वार्थसिद्धि योग १३:३८ बजेसम्म ।

    राशिफल
    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मंगल कार्यको योजना बन्नेछ । धार्मिक / सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । कृषि कार्यमापनि सफलता मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आफन्त र मित्रताको बन्धनमा रमाउने समय छ । छोटो यात्रा गर्ने अवसरपनि प्राप्त हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वाणी, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन हाँसखेल खानपिनमा जानेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । खुसीको खबर सुन्न पाउनु हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम्पत्य जीवनमा एक किसिमको माधुर्यता छाउनेछ । मनमा दुविधा बढेपनि गरेको कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चापनि चल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सम्मानपनि पाईनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…