• उर्लाबारी । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वी कमाण्डका सैन्य इञ्चार्ज मोरङको उर्लाबारीमा मंगलबार पक्राउ परेका छन् । उर्लाबारी–३ बाट नन्दबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले विषेश सूचनाका आधारमा बोहरालाई पक्राउ गरिएको जनाएको छ । उनको पार्टी भित्रको उपनाम जोखिम र नन्दकिशोर रहेको प्रहरीको भनाई छ ।

     

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार पेस्तोल, गोली, बम र बिस्फोटक पदार्थसहित पक्राउ परेका बोहरा ८ वटा आपराधिक गतिबिधिमा संलग्न रहेको पाइएको छ । बोहरा बस्दै आएको उर्लाबारीको घरबाट प्रहरीले बिभिन्न दस्ताबेज फेला पारेको छ ।

     

    प्रहरीका अनुसार, बोहरा बिभिन्न घटनाका फरार अभियुक्त हुन् । मोरङ पथरीशनिश्चरे–१ को पानीटंकी छेउमा गत चैत ११ मा सुतली बम राखेको, गत जेठ १३ मा मोरङ सुन्दरहरैंचा–७ को बिजुलीको पोलमा प्रेसर कुकर बम राखेको, गत माघ ५ मा मोरङ मिक्लाजुङ–१ साकेलाथानमा ३ वटा स्काभेटरमा बम बिस्फोट गराई आगो लगाएको बोहरालाई आरोप छ ।

     

    यस्तै गत माघ १० मा मोरङ केरावारी गाउँपालिकाको कार्यालयमा र १२ गते केरावारी–२ मा एनसेलको टावरमा बम बिस्फोटन गराएको घटनामा उनको संलग्न रहेको प्रहरीले बताएको छ । गत भदौ २३ मा झापा बिर्तामोड–२ चारपाने चोकको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणधिन भवनमा उनले प्रेसर कुकर बम बिष्फोट गराएको प्रहरीले जनाएको छ ।

     

    गत वर्ष भदौ २० मा सुनसरी इटहरी–९ स्थित सुष्मा गोदावरी स्कुलको हातामा प्रेसर कुकर बम विष्फोट गराएका, सोही दिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलको मुलद्वारमा बम बिष्फोटन गराएको उनलाई आरोप छ । प्रदेश १ का पहाडी जिल्लाहरुमा पनि बोहरालाई हातहतियार मुद्दा चलेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…