असार-३१,क्वालालम्पुर।
बागमती प्रदेश काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्बर-१२ स्थायीबाशी लक्ष्मण पनौतिको बुधबार अन्त्यष्टी गरिएको छ।केही बर्ष अघि रोजगारीको शिलसिलामा मलेशिया आइपुगेका हुमागाईको केहिदिन अगाडि क्वालालम्पुरको एक होटलमा गत जुलाई-९ मा मृत फेला परेका थिए।
अबैधानिक तबरमा रहेको कारण उनको साथमा थुप्रै पासपोर्टका फोटोकपी रहदा वास्तविक परिचय खुल्न सकेको थिएन।मृतकको बास्तबिक परिचय र स्थायी ठेगनाको खोजी किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल कुमार केरुङ्ग ले नेपाली राजदुतावास मलेसियाको सहयोग,समन्वयमामा प्राप्त गरेका हुन।र मृतकको वास्तविक ठेगाना र आफन्त सङ सम्पर्क भएको थियो।
श्रोतका अनुसार मलेशियामा अबैधाबिक तबरमा रहेर काम गर्दै आइरहेका लक्ष्मणको घरपरिवारमा आमा मात्रै हुनुहुन्छ।एकल महिला त्यसमा पनि आर्थिक कमजोरी भएको कारण शव लाई नेपाल पठाउन नसक्ने स्थिति भएपछि परिवारकै अनुमतीमा मलेशियामा अन्तिम दाहा सस्कार गरिएको हो।