२०७७ साउन १ गते
गत मंगलवार २ दिन अगाडि अाफ्नै घरवाट विप्लव माअोवादीका सैन्य कमान्डर को अाशंकामा गिर्फ्तार गरिएका नन्द वोहोरालाई हिजो अपरान्ह मोरंग पुलिसले हतियार तथा खरखजना सम्बन्धि मुध्दा जायर गरेको छ।
प्राप्त खवर अनुसार ,प्रहरीले जोखिमलाई घर अाएको सुचना पाएपछि विहान १० वजे देखि वेलुका ५ वजे सम्म घर घेराउगरि ईन्काउन्टरको प्रयास गरेको थियोे ।मन्त्रालयवाट ईन्काउन्टर नगर्ने तर जिवित पक्राउ गर्ने नृदेशन अाएपछि प्रहरिले निजलाई फसाउने प्रमाण अाफैले राखेर पक्राउ गरेको अाशंका भएको छ।
पुर्व जनमुक्ति सेनाका विग्रेडियर जोखिम विगत २ वर्ष अगाडि देखि घरमा थिएनन।परिवारले नोकरीका लागि बाहिर रहेको भन्दै अाएका थिए।विप्लव नेकपाको ठुलो नेता रहेको हवाला दिदै गिर्फतार गरिएपछि उर्लाबारीवासी अाश्चर्यचकित देखिन्छन् ।