युबराज रेग्मी
श्रावण ३ ,
झापा / झापा जिल्लाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले बन्दाबन्दिको ४ महिने अबधीमा कर्जाको ब्याजमा हुन आउने रकमको १० प्रतिसत रकम बापत रु ३ करोड ४५ लाख रकम छुट गरेको सस्थाले जनाएको छ ।
विश्व कोरोना महामारिको संक्रमणकालिन अवस्थाबाट गुजृरहेको नेपालको बित्तीय छेत्र पनि अतिनै प्रभाबित रहेको अबगत गराउदै सस्थाले आज सनिबार जारी गरेको बिज्ञप्तिमा लक डाउनको अबधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस भनेर स्वास्थ्य सामाग्री खाध्यान तथा जनचेतना , बिपत्ती सापटी तथा कृषि प्याकेज समेत सस्थाले उपलब्ध गराउने बिज्ञप्तिमा उल्लेख छ ।
सदस्यहरुको बित्तीय आवस्यकता परिपुर्तिको कामनाको नारा लिएर स्थापित सस्थाले भबिस्यमा पनि सुभचिन्तकहरुको साथ र सहयोगको निरन्तरताको अपेक्षा लिएको सहारा नेपालका सचिव महेन्द्र कुमार गिरि द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।