•  

    काठमाडौं, साउन ३ गते । नेपालमा कोभिड–१९ बाट थप ५७ जना सङ्क्रमित भएका छन् । सङ्कलन गरिएको नमूनाको पछिल्लो चौबीस घण्टामा आएको प्रतिवेदन बमोजिम ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नयाँ बिरामी थपिएसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ५०२ जना पुगेको जानकारी दिएको छ । जसमध्ये पाँच हजार ८२५ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

     

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ३३१ जना कोरोना आशङ्कित जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा १०३ जना बिरामी निको भएर घर फर्केका छन् । यससँगै नेपालमा ११ हजार ६३७ जना सङ्क्रमिते कोरोनाभाइरस जितेर घर फर्केका छन् ।

     

    मन्त्रालयका अनुसार हाल २३ हजार २७५ जना क्वारेन्टाइनमा छन् । कोभिड–१९ बाट सङ्क्रमित पाँच हजार ८२५ जना आइसोलेशनमा छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…