•  युबराज रेग्मी

    श्रावण ६, झापा / झापाको गौरादहमा ३८ औं बिपि स्मृती दिवसको अबसर पारेर आज मंगलबार बृहत बिचार गोष्ठीको आयोजना गरिएको छ ।

     

    महामानव बिपि कोइरालाको स्मृती दिवसको अबसरमा नेपाली काङ्ग्रेस प्रदेस तथा छेत्रीय समिती र गौरादह नगर समितोको आयोजनामा महामानब बिपि कोइरालाको सम्झनामा बिचार गोस्ठीको आयोजना गरिएको हो । नेपाली काङ्ग्रेस प्रदेस कार्यसमितीका छेत्रीय सभापती तथा गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहको प्रमुख आतिथ्य तथा नगर सभापती यादब राज सेडाइको सभापतित्वमा गौरादह नगरपालिका वडा न १ को सभाहलमा आयोजित कार्यक्रममा नेका नेता खगेन्द्र अधिकारी , अनिल कृष्ण प्रसाईं , लक्ष्मी प्रसाईं , राम कुमारी पौडेल लगायतले बिपि लाई सम्झदै बिपिको राजनीतिक ईतिहास र बिचार माथी प्रकाश पारेका थिए ।

     

    कार्यक्रमको अबसर पारेर बिपिको राजनितिक जिबनी तथा पारिबारिक ईतिहास समिटिएको श्रब्य दृस्य चित्र प्रदर्सन गरिएको थियो । कार्यक्रममा विभिन्न दाता महानुभाब हरुले सहयोग उपलब्ध गराउनु भएको ७० थान झुल बिपन्न परिवार हरुका लागि उपलब्ध गराइएको थियो ।

     

    कार्यक्रममा आफ्ना महत्वपूर्ण बिचार राख्दै प्रमुख अतिथी नेपाली काङ्रेस प्रदेस कार्यसमितीका छेत्रीय सभापती साहले बिपि एक बहु आयामिक ब्यक्ती रहेको अबगत गराएका थिए । बिपि माथी महत्व राख्दै देसको समुन्नत बिकासका लागि महामानबले चाहेको राज्य ब्यबस्था अनुरुपको कार्यक्रम ल्याउन आवस्यक रहेको बताए । तत्कालिन अवस्थामा भारत बाट अङ्ग्रेज नहटे सम्म नेपाल बाट राणा शासन अन्त्य नहुने बिचार बिपिमा पहिला देखीनै रहेको बताउदै देसलाई संकट परेको बेला नेपाली काङ्ग्रेसका नेता हरुले मात्र त्यस्तो संकट टार्न सक्ने छ्यमता राख्न सक्ने हुनाले नेपाली काङ्रेस पार्टीनै लोकतान्त्रिक मूल्य र मान्यतालाई बचाउन सक्ने एकमात्र पार्टी रहेको बताए ।

     

    गौरादह नगरपालिकाका नगर प्रमुख समेत रहेका साहले बिपिको बिचार लाई अनुसरण गर्दै आफुहरु रहेका स्थानिय निकाय हरुमा बिकासका योजनाहरु अघि बढाइने बताए । सन्सारले अनुसरण गरेका बिपि जस्ता महान बिचारकको आउने नया सन्तती हरुले उनको महान बिचार लाई जगेर्नागर्ने प्रण गर्नुपर्ने बताएका छ्न । ऐतिहासिक महत्व रहेको गौरादह नगरपालिकामा हाल निर्माणाधिन अवस्थामा बिपि स्मृती भनब निर्माणाधिन अवस्थामा रहेकोले आगामी दिनमा गौरादह आउने हरेक बिपिका अनुयानी हरुले बिपि माथी थप अध्ययन अनुसान्धान गर्न सक्ने स्मृती भबन बनाउन लागिएको न कार्यक्रममा सभापती समेत रहेका नेपाली काङ्ग्रेस गौरादह नगर सभापती यादब राज सेडाइले जानकारी गराएका थिए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…