• महिला बच्चा जन्माउने मेसिन हैन
    ---*---
    दुर्गा छिटो तयार भएर तल आउ । आज डाक्टरलाई भेट्नको लागि अपाँइमेन्ट लिएको छु । छोरा सन्तोष । डाक्टरलाई यो पनि सोध्नु बुहारिलाई किन गर्भ अडिएको छैन भनेर ।

     

    आमा तपाईंको हरेक पटक को यहीँ प्रश्न ले मेरो कान पाक्न लागिसक्यो ...।
    भन्छस नि छोरा घरमा बच्चा नहुदा म एक्लि भएकी छु । कमसेकम मेरो साथिको लागि एउटा बच्चा त जन्माइदेओ । आखिर मेरो पनि त हजुरआमा बन्ने सपना छ । मेरो पनि केहि चाहनाहरु छन त्यो कहिले पुरा हुन्छ? तेरो बिबाह भएको पनि पाँच बर्ष भैसकेछ... ।
    सन्तोष ले हरेक पटक डाक्टरलाई यहीँ प्रश्न गर्छ आखिर दुर्गा अहिलेसम्म किन गर्भवती हुन सकेकी छैन ?
    डाक्टरले पनि हरेक पटक राम्रोसँग अल्ट्रासाउन्ड गरेर भन्ने गर्थे कि दुर्गा मा केहि कमि छैन ? दुर्गा आमा बन्नका लागि पुर्ण रुपमा सक्षम हुनुहुन्छ ...।

     

    हस्पिटल बाट घर फ़र्किएपछी सन्तोष ले आमालाई त्यही जवाफ दिने गर्थ्यो कि दुर्गामा केही खोट छैन ।
    सन्तोष को आमा ले घरको पुरै बोझ शिरमा उठाएर भन्छिन : म तेरो दोस्रो बिबाह गर्दिन्छु तँ बुहारीलाई डिभोर्स दे... यो त बाँझी हो , मलाई कुलको दिपक दिन सक्दिन यसले ।

     

    आमाको कुरा सुनेर सन्तोष र दुर्गाको पैताला जमिनमा धसिन खोज्छ , खुट्टाहरु काप्न थाल्छन् । सिर्फ एउटा बच्चाको बिषय लाई लिएर यि दुइलाई अलग गराउन खोज्दैछिन ।

     

    आमाले दोस्रो बिबाह गर्नका लागि जिद्दी नछाडे पछि , सन्तोष ले भन्छ: दुर्गा कुनै बच्चा जन्माउने मेसिन हैन । दुर्गामा केही कमि छैन । हुनसक्छ कमि ममा छ... । दुर्गा कुनै फ्रीज वा वाँसिङ मेसिन हैन, काम चलिन्जेल चलाउने काम चल्न छाडेपछि फाल्दिनको लागि ।
    दुर्गा मेरो श्रीमती हो, जिन्दगी हो , अर्धांङ्गिनी हो , मेरो हरेक सुख दुखको सहयात्री हो । दुर्गा बिना एकपल पनि बाँच्नुको कुनै अर्थ छैन... ।
    सन्तोष को यो कुरा ले दुर्गा लाई फ़ेरि नयाँ जिबन जिउनको लागि उमंग ल्यायो ।

     

    यदि हामिलाई बच्चा चाहिएमा हामी गोद लिन्छौं । बच्चाको लागि दोस्रो बिबाह त म सपनामा पनि सोच्न सक्दिन । सायद भगवान्ले अनाथ बच्चा प्रति यो न्याय गरिरहेका छन् । कि हामी जस्तो केही दाम्पत्यलाई यहीँ रुपमा सन्तान दिन चाहन्छन ।
    जुन दिन नेपालका सबै पुरुषहरु सन्तोष जस्तै हुन्छन् ।त्यसदिन देखि कुनै महिलाले बाँझी जस्तो सब्द र दुव्र्यवहार सुन्नु र सहनु पर्नेछैन ।।
    ********
    साथिहरु मेरो यो पोस्ट कस्तो लाग्यो... (सन्तोष कार्की मौसुफ)
    मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । 

    म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु । जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …