• वि.सं.२०७७ साल साउन ०७ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– द्वितीया,३७ घडी १७ पला,बेलुकी ०८ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र– अश्लेषा,३९ घडी ०२ पला,बेलुकी ०९ बजेर ५९ मिनेट उप्रान्त मघा । योग– सिद्धि,२९ घडी ४३ पला,बेलुकी ०५ बजेर १६ मिनेट उप्रान्त व्यातिपात । करण– बालव,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त कौलव,बेलुकी ०८ बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कर्कट,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी ५५ पला ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि थोरै भएपनि आम्दानि गर्न सकिनेछ । खेलकुद तथा खेल क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो कमाई हुनेछ । दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    साथिहरुको लहैलहैमा लाग्नाले पढन पाढनमा अरुभन्दा पछि परिनेछ । बिज्ञापन तथा प्रचार प्रसारमा समय दिदा व्यापार व्यावसायमा आम्दानि बढाउँन सकिनेछ । बाहिरि खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँनेछ । प्रेम सम्बन्धमा एकले अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । समय र परिस्थितिको अध्ययन नगरि बोल्दा वा कुनै निर्णय गर्दा मान सम्मानमा कमिको महशुष हुँनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउँन सकिनेछ । परिवारका साथले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पति पत्नी बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    कामगर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण उपलब्धिहरु गुम्नेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । घरमै आफन्तका साथ सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट समयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावसायमा लगानि गरे अनुसार फाईदा कम हुनेछ भने आर्थिक मुद्दाहरु थाति रहनेछन् । शेयर बजारको लगानि भने सन्तोष जनक रुपमा सुधार भएर जानेछ । अध्ययनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले खासै साथ नदिने हुनाले आजको लिन भेटघाटलाई कम गर्नुनै राम्रो हुनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    ज्योतिषी तारानाथ भण्डारी ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…