सन्तोष कार्की मौसुफ
---
सम्झना आफ्नो दुई बर्षको छोरालाई च्यापेर माइत गइ कारण उसको बुबा बिरामी हुनुहुन्थ्यो । ठूलो दाजु भाउजु पहिला नै आमा बुबाबाट अंस लिएर भिन्दै घरजम गरेर बसेका थिए । त्यसमाथि दाजु बिदेशमा थियो , बुबा बिरामी भन्ने खबर सुन्दा पनि दाजुले केही वास्त गरेन । कान्छो भाइ कामको सिलसिला मा काठमाडौ मा बस्ने गर्थ्यो , लकडाउनले गर्दा घर आउन पाएको थिएन ।
सम्झनाको श्रीमान....ले डाक्टर को ब्यबस्था गर्दिए ... ज्वाइँ पनि फौजिको जागिर त्यसमाथि लक डाउन को कारण ससुराल जान असम्भव थियो । त्यसैले सम्झनालाई बुबा को रेखदेख गर्नका लागि घरबाट माइत पठाएका थिए ।
बृद्ध बुबा यतिबेला ओछ्यानमा थला परेका छन् ,
ओछ्यान मै खाना तथा ट्वाइलेट बाथरुम..गराउनु पर्ने हुन्थ्यो।
त्यसैपनी बुबाको रेखदेख आमा नै गर्नुहुन्थ्यो तर पाको शरीर त्यसरात मस्त निन्द्रामा सुतिरहेकी थिइन् ।
नजिकै सम्झना आफ्नो कान्छो छोरालाई लिएर सुतिरहेकी थिइ .. अचानक बुबाले बोलाउनुभयो ... सन्तोष कि आमा.....
सम्झना ओछ्यान बाट उठि .. तुरुन्तै बुबा हुने कोठामा पुगि..केही चाहियो बुबा कि सिरानी अफ्ठ्यारो भयो...।
छोरी ... सम्झना ... आफ्नो आमालाई यहाँ पठा मलाई पिसाब फेर्नु छ ... त बाहिर जा ...
बुबा म कोपारा लिएर आइ हाल्छु...
हैन आफ्नो आमालाई पठा...
बुबा म गराई हाल्छु नि...
तर छोरी...
बुबा... मलाई थाहा छ म एक छोरी हुँ ... तर बुबा त्यो छोरी अब आमा भैसकी .. र जसरी बालापनमा आमा बुबाले बिना संकोच दिसा पिसाब गराउने धोइदिने गर्दिन्छन त्यसरी नै बुढेसकालमा छोराछोरिले पनि आमा बुबाको दिशा पिसाब गराउन सक्छन् धोइदिन सक्छन् ...।
तर छोरी म यस्तो नाङ्गै ...
हैन छोरी जा गएर आमालाई उठाएर पठा ...
बुबा के तपाईंले मलाई बालापनमा बिना कपडा देख्नु भएन..
तर छोरी.....
बुबा ... यहीँ काम बाहिर बाट आएकी नर्स ले गर्न सक्छेभने यो कसरी राम्रो भयो , उ पनि त आखिर कसैको छोरी हो... भन्दै सम्झना पिसाब फ़ेर्ने कोपारा लिन गइ.. यता बुबाको सिरानी आँसु ले र ममताले भिजेको थियो ।।
********
साथिहरु मेरो पोस्ट कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु । जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।