• उर्लावारी-३ स्थित मंगलबारे अस्पतालाई केन्द्र सरकारले प्रदेश सरकार मातहत राखेर व्यवस्थापन गर्न दिने निर्णय गरेको छ । हाल उर्लावारी नगरपालिका मातहत रहेको मंगलबारे अस्पताललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ सरकार अन्‍तर्गत राखेर व्यवस्थापन गर्न दिने निर्णय गरेको हो ।

     

    केन्द्रीय सरकारको निर्णयसँगै अब मंगलबारे अस्पताल प्रदेश सरकार मातहत जाने छ । स्थानीय तह मातहतको अस्पताललाई प्रदेश मातहत लैजानका लागि केन्द्रीय सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने प्रावधान छ ।

     

    साउन ५ गतेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव पेश गरेका थिए ।
    पक्रिया पुरा गरेर अब चाँडै नै मंगलबारे अस्पताल प्रदेश मातहत जाने छ । प्रदेश मातहत गएपछि अस्पताल व्यवस्थापन समिति पनि परिवर्तन हुनेछ ।

     

    हालको नियम अनुसार प्रदेश अस्पतालको अध्यक्ष सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिका सभापति हुने प्रावधान छ । यस्तै सञ्चालक समिति सदस्य हुनका लागि विभिन्‍न योग्यताहरु राखिएको छ ।

    मंगलबारे अस्पताललाई प्रदेश सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्ने आफ्‍नो नीति तथा कार्यक्रममा ल्याएपछि विगत दुई महिनादेखि मंगलबारेमा आन्दोलन जारी छ भने रिले अनशन बसेको पनि महिनादिन बितिसकेको छ ।

     

    अस्पतालको नाम परिवर्तन गर्दा मंगलबारेको पहिचान मेटिने भन्दै नेपाली कांग्रेससहित ५ दलले संयुक्त रुपमा संघर्ष समिति बनाएर आन्दोलन गर्दै आइरहेका छन् ।

    अघिल्लो समाचार

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…