सन्तोष कार्की मौसुफ
---*---
खोला इनारमा नुहाउन लाज मान्ने
तर स्विमिङ्ग पुलमा पौडिनु लाई फ़ेसन सम्झनछन् ।
गरिबलाई एक रुपैयाँ दिन नसक्ने
तर होटलको वेटरलाई टिप्स दिदा गर्व महसुस गर्छन् ।
आमा बुबालाई एक गिलास पानी दिन सक्दैनन्
तर नेताहरु लाई देख्ने बित्तिकै वेटर बन्छन् ।
मान्यजन को अगाडि शिर ढाक्न प्रबलम हुन्छ
तर धुलो बाट बच्नको लागि पुत्ला बन्न तयार हुन्छ्न ।
अप्सानी हालेर खानलाई रुढीबादी सम्झन्छन्
पार्टिहरुमा खानको लागि लाइन लाग्न राम्रो सम्झन्छन् ।
दिदीबहिनी ले केही मागेभने फजुल खर्च लाग्छ
तर गर्लफ्रेन्ड को डिमाण्ड लाई आफ्नो सौभाग्य सम्झन्छन् ।
गरिबको कड्गराबाट सब्जी किन्न इन्सल्ट लाग्छ
तर सपिङ मल बाट खल्ती रित्तिनुमा गर्व गर्छन् ।
बुबाको मृत्यु हुँदा कपाल खौरिन हिच्किच्याउछ
तर गजनी इस्टाइल को लागि हरेक महिना तक्लु हुन तयार हुन्छन् ।
केही पण्डित हरुले टुपी राखेमा उसलाई एन्टिना भन्छन्
तर शाहरुक खान को डन लुक को लागि दिवाना हुन्छन् ।
किसानले खेतमा उब्जाएको अन्न खानलाई राम्रो लाग्दैन
तर त्यही अन्न किसानबाट किनेर कम्पनिले पालिस गरेर बेच्न राखेको लाई गुणस्तर सम्झनछन् ।
यो सबै अपसंस्कृति मात्र हैन
देश र समाजको दुर्भाग्य पनि हो ।।
********
साथिहरु मेरो यो पोस्ट कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।