• क्वालालम्पुर

    जुलाई-२१

    केहिदिन अघि गैर आवासीय नेपाली मलेशियाक अध्यक्ष र कोषाध्यक्ष ले बिपत ब्यावस्थापन कोषको रकम मिटर ब्याजमा लगायो भन्ने शीर्षक समाचार सम्प्रेषण गरेपछि आरोप खेपिरहेको सस्था झनै बिबादास्पद बन्दै गएको छ।

    दियोपोस्ट डटकमको उक्त समाचारको खण्डन गर्दै संघले जारी गरेको बिज्ञप्ती प्रती संघकै क्षेत्रीय समिती जोहोर ले सो बिज्ञप्ती उचित नभएको भनेर गैर आवासिन नेपाली संघ केन्द्रिय समिति लाई उद्धृत गर्दै बिज्ञप्ती जारी गरेको छ।

    केन्द्रले सार्वजनिक गरेको बिज्ञप्ति सिङ्गो सस्था र आबद्ध संबंधित सबैको लागी न्यायोचित नभएको ठहर गर्दै संघले सार्वजनिक गरेको बिज्ञप्ति प्रती असन्तुष्ट जनाएको हो ।

    केहीदिन यता रास्ट्रीय अन्लाईन मिडिया देखी साधारण अन्लाईन सम्मका मिडिया बाट गैर आवासीय नेपाली संघ मलेसियाका महासचिव र एन.सि.सि सदस्यको नामनै किटान गरि ठगीको आरोप लागेको समाचार बाहिरिए सङै मलेशियामा गैर आवासीय संघमा बिवादको सरगर्मी बढेको छ।

    गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष र कोषाअध्यक्षले राहतको नाममा आइ.सि.सि बाट आएको रकम हिनामिना गरेको तथ्यहिन र अपुष्ट समाचार बाहिरिएको खबर प्रति क्षेत्रीय समिति जोहोरको आपती रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

    जोहोर क्षेत्रीय समितिले केन्द्र प्रती संखाको दायरामा राखेर साङ्केतिक भाषामा जारी गरेको बिज्ञप्तीको आसय बुझिएको छ। झट्ट हेर्दा अपत्यारिलो भन्ने सब्द समेत प्रयोग गरि क्षेत्रीय समिति जोहोरका अध्यक्ष र सचिब द्वारा हस्ताक्षर गरेको बिज्ञप्ति सार्वजनिक भएको छ ।

    गैर आवासीय संघ माथी एक पछि अर्को गर्दै ठगी तथा हिनामिनाको आरोप लाग्नुले सस्थाको गरिमालाइ घटाएको भन्दै दोसि उपर कडाइका साथ छानबिन गरि कानुनी प्राबधान अनुसार कारबाही गर्न बिज्ञप्ति मार्फत जोडदार माग समेत गरेको छ ।यसरी एउटै सस्थाको दुई धुर्बमा देखिएको बिभाजनले सर्बसाधरणमा गैर आवसिय नेपाली संघ माथी बिस्वास र भरोसा घट्दै गएको देखिन्छ।

    पुर्ण बिज्ञप्ती हेर्नुहोस।

    [caption id="attachment_86760" align="alignnone" width="299"] गैर आवासीय नेपाली संघ मलेशिया केन्द्र को बिज्ञप्ती।[/caption]

    [caption id="attachment_86761" align="alignnone" width="247"] क्षेत्रीय समिती जोहोरको बिज्ञप्ती।[/caption]

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…