सन्तोष कार्की मौसुफ
-----*----
नयाँ जागिर , नयाँ बिबाह , नंया शहर , र नयाँ घर ...
छोरा बुहारिले बोलाएका थिए हामी दुइलाई ...
आफ्नो नंया घरको गृह पुजाको लागि ...
श्रीमान खल्लो मन पार्दै काठमाडौ जानको लागि तयार भए । तर म भने आतुर थिए पहिलोपटक काठमाडौ जानको लागि र छोरा बुहारिको नयाँ घरजम हेर्नका लागि ।
हामी दुई गृह पुजा भन्दा एकदिन अगाडि काठमाडौ नाइट गाडिमा आयौं काठमाडौ को धुलो , धुवा , कोलाहल , थानकोटको जाम बल्लतल्ल छोराको नयाँ घरमा पुगेऊ .. ।
सामान कोठामा राखेर नयाँ घर हेर्नलाई यताउता नजर लगाउन थाले । शहरको नंया सामनहरु मेरो लागि एकदमै नौलो थियो। फ्रीज , मेसिन ,
अलमारी , भित्तामा टाँसिएको T.V, Ac ,वासिङ्ग मेसिन , मलाई धेरै नै राम्रो लागेको थियो । र सबैभन्दा धेरै बालकुनिमा बिच्छ्याएको "ग्रास मेट" एकदम असली घाँस देखिन्थ्यो....।
हेर्दाहेर्दै मेरो नजर त्यहाँ राखिएको रंगि-बिरंगी गमलामा पर्यो गमलामा हरियो पातहरु मेरो गाउँको घरको आँगनमा भएको तुलसी जस्तै .... खुशी मनले हेरि रहेकी थिए ।
भित्रबाट कसैले बोलाएको आवाज सुने । अगाडि गए सोफामा गिलासमा पानी राखेको थियो ..... मैले सम्झाए थाहा छ दुर्गा..बुहारी हामी फ्रीजको पानी पिउँदैनौ , घाँटी पक्डन्छ फ्रीजको पानीले मैले अगाडि नै भनेकी थिए तिमिलाई ...
" थाहा छ आमा यो पानी गाग्री को हो .... यसो चिहाएर हेर्दा फ्रीज छेउमा तामे गाग्री थियो । खुशी लाग्यो देखेर कमसेकम यति ख्याल त गरे छोरा बुहारी ले ।
र सन्तोष को बुबा ...उहाँ त गाउँ देखि नै मन खिन्न पार्दै यहाँ आउनुभाको थियो ... उहाँलाई यहाँ आउन मन खुशी थिएन ।
नयाँ घरका ठुला-ठुला झ्यालहरु , झ्यालमा सिसा , सिसाबाट बाहिरी दृश्य छर्लङ्ग देखिन्थ्यो । मलाई त ठिकै लागेको थियो तर उहाँलाई अझै पनि गाउँको झ्याल ढोका घर हरुको याद आइरहेको थियो....।
बेलुका खाना खाएर सुत्न लागेका थियौं रातभर को गाडिको थकान त्यसमाथि अनिधो , छोरा-बुहारी केही पाकेटमा लिएर आए र हामिलाई दिन लागे ....
मैले सोधे, बुहारी ले भनिन: तपाईंको लागि साडी र बुबाको लागि धोती कुर्था छ यसमा ।
यो किन... किन चाहिन्थ्यो र हामिलाई ...
" आमा तपाईंले त भन्नुभएको थियो नि, पुजामा सेतो कपडा लगाउछन भनेर ... ।"
" त्यो त हो तर पुजामा त तिमिहरु दुई बस्नुपर्छ , तिमीहरु दुई यो कपडा लगाउओन... ।"
" हैन आमा, पुजा त तपाईंहरु आमा-बुबाको हातबाट सम्पन्न हुन्छ...।"
" तर छोरा घर तिमिहरुको हो , तिमिले बनाएको घर हो छोरा ..।"
" यो घर बनएको पनि तपाईंको आशीर्वाद ले हो, र गृह प्रबेश सम्पन्न पनि तपाईंको आशीर्वाद ले नै हुन्छ ।"
पुजामा त तपाइँहरु दुई नै बस्नुपर्छ ... जबर्जस्ति हामिलाई कपडाको प्याकेट थमाइदिए र छोरा बुहारी आफ्नो कोठातिर गए... ।
यि दुइको आमा-बुबाको लागि माया ,सम्मान पाएर मेरो मन खुशी भयो....सन्तोष को बुबा तिर हेरे र भने: अझै पनि केही भन्नू छ तपाइँलाई ....
केही छैन.. .घर त्यो हैन जुन इँटा , ढुङ्गा , दिवाल र ढोका ले बनेको हुन्छ , घर त्यो हुन्छ जहाँ आफु सँगै हुन्छ । पहिलोपटक काठमाडौ को नयाँ घरको यति उचाई बाट डुब्न लागेको घाम हेर्दै छु ।
मलाई बिश्वास गर यो शहरको घाम अहिले निकै सुन्दर देखि रहेको छ ।
भाग्यको रेखाहरु पढ्न त आउदैन तर पनि छोराबुहारिको अनुहार राम्रोसँग पढ्न सक्छु ... जसमा सुर्यको प्रकाश चम्की रहेको थियो र मुस्कान चम्की रहेको थियो ।
हरेक मुल्यवान चिजलाई उठाउनको लागि झुक्नु नै पर्छ, आमा बुबाको आशीर्वाद पनि यिनैमा एक हो ।।
********
साथिहरु कथा कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु । जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।
सन्तोष कार्की मौसुफ