• १२ श्रावण २०७७, सोमबार

    कोभिड–१९ को जोखिमले गर्दा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम घटेको छ । गत आर्थिक वर्षमा अघिल्ला वर्षभन्दा कम उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ भन्दा गत आर्थिक वर्ष २०७६÷०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने घटेका छन् । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आर्थिक वर्षमा एक हजार ६८८ उद्योग दर्ता भएका थिए । गत वर्षमा यो सङ्ख्या एक हजार ४४८ मा झरेको छ ।

    उद्योगको प्रकृतिअनुसार कार्यालयले आठ वटा शीर्षकमा उद्योग दर्ता गर्ने गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५८, पर्यटनमूलक तर्फ १९०, सेवामूलक १८५, उत्पादनमूलक २१२ वटा र विज्ञान तथा सूचना प्रविधिमा उद्योग तीन वटा दर्ता भएका छन । उक्त आर्थिक वर्षमा ऊर्जामूलक, खनिजजन्य तथा निर्माणमूलक उद्योग कुनै पनि दर्ता भएका छैनन । यसैगरी अघिल्लो आर्थिक वर्षमो सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५६ वटा दर्ता भएका थिए । यस्तै उत्पादनमूलक ३५७, सेवामूलक २९५, पर्यटनमूलक १७८ , विज्ञान तथा सूचना प्रविधि दुई वटा दर्ता भएका थिए भने ऊर्जामूलक, खनिजजन्य र निमार्णमूलक उद्योग कुनै पनि दर्ता भएका थिएनन् ।

    कार्यालयका प्रमुख नारायण लम्सालले कोरोनाका कारण गतचैतबाट यता उद्योग दर्ता गर्ने सङ्ख्या ठप्प जस्तै भएकाले उक्त सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण नयांँ दर्ता गर्ने पनि आएनन ।” गत वर्षबाट रु पाँच लाखभन्दा कम पूँजी लागनीको उद्योग स्थानीय पालिकामा दर्ता हुने सरकारले निर्णय गरेको छ । नवउद्यमीमा अन्योल र अनिश्चितता बढेका कारण पनि उद्योग दर्ता गर्नेको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । उद्योग दर्ता घटेपछि राजश्व सङ्कलन पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा उद्योग दर्ताबाट रु ४९ लाख १४ हजार राजश्व सङ्कलन भएकोमा गत आर्थिक वर्षमा रु ३५ लाख ५८ हजार मात्र राजश्व सङ्कलन भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…