•  

    साउन १२, सुर्खेत | जुम्लामा आफ्नै छोराको कुटाईबाट एक बृद्धको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–४ निवासी ३५ वर्षीय छोरा ऐनबहादुर शाहीले अत्यधिक मदिरा सेवन गरी आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेका हुन् ।

     

    उनले बुवालाई कुटपिट गर्नुको कारण भने खुलेको छैन । साउन १० गते राती कुटपिट भए पनि बृद्धको मृत्यु ११ गते दिउसो मात्रै भएको हो । घटनापछि घाइते भएका बृद्धलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

     

    प्रहरीका अनुसार सोमबार नै मृतकको शव पोष्मार्टम गरी आफन्तलाई बुझाउने तयारी छ । मृतक बृद्धको टाउको, आखा र कोखामा चोटपटक लागेको छ । मृतक पूर्व नेपाल प्रहरीका असई समेत हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै बावुको हत्या गर्ने छोरा ऐनबहादुर शाही प्रहरी नियन्त्रणमा छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …