• वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– अष्टमी,०३ घडी २९ पला,बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र–स्वाती,१७ घडी ०४ पला,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त विशाखा । योग– शुभ,३९ घडी २९ पला,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त शुक्ल । करण–बव,बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त बालव,बेलुकी ०५ बजेर ३७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ४० पला । भौमाष्टमी। अष्टमी व्रत। गोरखकाली पूजा। यलपञ्च दान।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    माया प्रेम तथा पति पत्निबिच अबिस्वास सिर्जना हुँन सक्छ अलि बढि सचेत हुँनुहोला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि प्रयत्न गर्दा बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    ज्योतिषी तारानाथ भण्डारी ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…