• ---*---
    जब उसको सिउँदोमा सिंदुर पर्ने बित्तिकै एउटि केटि बाट महिला बन्छे ।

    जब उ बिबाहको समयमै बहिनी बाट काकी बन्छे , जब कि उसको श्रीमान दुई बच्चाको बुबा हुदा पनि उसलाई सबैले दाइ नै भनी रहन्छन ।
    जब बिबाहको भोलिपल्ट बिहान छोरालाई आराम गर्न दिन्छन् र उस नयाँ दुलही लाई भान्साकोठा जिम्मा लगाइ दिन्छन् ।
    जब उसको प्रत्येक गल्ती उसमाथि र उसको श्रीमानको हरेक गल्ती पनि उसै माथी थुपार्दिन्छ्न ।

     

    जब उसको बिबाह को बाहिरी आकर्षक उसको तिर्यचरित्र बनाइन्छ र उस श्रीमानको आकर्षक लाई मायाको कमि भनिन्छ ।
    जब उ माइत जानको लागि अरु कसैसँग प्रमिशन लिनुपर्छ ।
    जब आफुलाई आवश्यक पर्दा न उस श्रीमान सँग पैसा माग्न सकिन्छ न बुबा सँग नै ।
    जब उसकी आमा उसलाई त्यस नयाँ दुलहाको घरमा सम्झौता गर्नको लागि भनी रहन्छिन र उसको सफ़ल दाम्पत्यको शुभकामना दिई रहन्छिन ।

     

    जब प्रत्येक रात उस सँग जबर्जस्ति हुन्छ, र उ कसैलाई भन्न सक्दिन किनकि श्रीमान को त अधिकार नै हुन्छ .... ।
    जब अफिसबाट थाकेर घर आउँदा कसैले पानी खान्छेस पनि भनेर सोध्दैनन ।
    जब रातमा श्रीमान सुतेपछी सुत्छे र बिहान श्रीमान भन्दा पहिला उठ्छे ...।

     

    जब आफ्नो सपना/चाहनाहरु बिर्सने गर्छे तब आफ्नो पुरानो स्कुल पढ्दाको केटि साथिले याद दिलाइदिन्छे ।
    बिबाह सबैको लागि सोचेको जस्तो मीठो हुँदैन , जति देख्ने गर्छौ । महिलाको लागि आजपनी जिबन कठिन छ ।
    जुन महिलालाई तपाईं दिनदिनै आफ्नो अफिसमा देख्नुहुन्छ र उसलाई उसको आँखाको तलतिर को भागमा कालो घेरा हुनुको कारण सोध्नुभयो , नसोध्नुहोस् । उनिहरु ले कहिले भन्दैनन । यदि भनिहाले भनेपनि तपाईं कहिले बुझ्न सक्नुहुन्न..।
    अरे यार । जसलाई उसको आमाले बुझ्न सकिनन तपाईं खाक बुझ्न् सक्नुहुन्छ?

     

    यस्तो नै हुन्छ , बेवास्ता गर्नुहोस् । हामीले पनि त सहेको छौँ र तपाईंले भन्दा धेरै नै सहेकी छु । आफ्नो बच्चाको बारेमा सोच्नुहोस ।
    अरु पनि थाहा छैन यस्ता बकवास तर्कहरु को रुपमा के - के सुन्नुपर्छ ।
    महिलाहरुको शान्त स्वभाव फुल जस्तै मुस्कान को पछाडि कुन कुन आँधिबेरी चल्दैछ तपाईंले कहिले बुझ्न सक्नुहुदैन ।।

    ********

    s सन्तोष कार्की मौसुफ

    सन्तोष कार्की मौसुफ

    ठेगाना उदयपुर नेपालटार

    साथिहरु पोस्ट कस्तो लाग्यो...
    मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
    म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।
    तस्बिर - सामाजिक संजाल

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …