• काठमाडौँ, साउन १२ गते । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । आइतबार र सोमबार गरी तीन जना नयाँ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

     

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणले तीनजनाको मृत्युको पुष्टि भएको जानकारी दिनुभयो । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार बिहान एक जना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय वृद्धको सङ्क्रमणले मृत्यु भएको उहाँले बताउनुभयो । सङ्क्रमित वृद्ध निमोनिया, मस्तिष्कघात र मृगौलाका बिरामी हुनुहुन्थ्यो ।

     

    त्यसैगरी, मन्त्रालयका अनुसार धनुषा र पर्साको वीरगञ्ज गरी दुई जनाको पछिल्लो चौबीस घण्टामा मृत्यु भएको छ । धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय युवाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

     

    वीरगञ्ज महानगरपालिका वडा नं १० का ६५ वर्षीय एक वृद्धको आइतबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ६५ वर्षीय वृद्धको गण्डक अस्पताल बिरगञ्जमा उपचारका लागि भर्ना गराइएकोमा मृत्यु उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । उहाँ मधुमेह र मुटु रोगीसँगै कोरोनाभाइरसबाट सङ्क्रमित हुनुहुन्थ्यो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…