• काठमाडौं, साउन १२ गते । नेपालमा कोरोनाभाइरसका १३९ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस १३९ नयाँ सङ्क्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा सोमबार १३९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १८ हजार ७५२ पुगेको जनाएको छ । नेपालमा हाल कोभिड–१९ को भाइरस सक्रिय रहेको सङ्क्रमितको संख्या चार हजार ९५० रहेको मन्त्रालयले जनाएको छ ।

     

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल क्वारेन्टिनमा रहेका कोरोना आशंकितको संख्या १६ हजार ३७९ जना रहेको जानकारी दिनुभयो । त्यसैगरी, आइसोलेशनमा करिब पाँच हजार जना बिरामी छन् ।

     

    पछिल्लो चौबीस घण्टामा ६२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म १३ हजार ७५४ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…