• १३ साउन २०७७, मंगलबार

    मोरङ । मोरङको उर्लाबारी-३ मंगलबारे भएर बग्ने तेलि खाेलामा याेसेक क्लबकाे आयाेजना
    बाढी नियन्त्रणको लागि दुई वटा स्पर निर्माण भएको छ ।

    योसेक क्लबको आयोजनामा प्रहरीकाे साथी म, सशस्त्र प्रहरी उर्लाबारी र स्थानिय सहितकाे श्रम सहयाेगमा सोमबार ढुङ्गाको दुई वटा
    स्पर बनाईएकाे क्लबका अध्यक्ष भीष्म बुढाथोकीले बताए ।

    स्पर निमार्णको लागि जालि उर्लाबारी नगरपालिकाले उपलब्ध गराएका थिए भने ढुङ्गा सोही खोलाबाट निकालिएको थियो ।

    बर्षातको कारण खोलामा बढेको बाढीले सिमलडाडा क्षेत्र जाेखिम बढ्दै गएको थियो । स्पर निर्माणपछि जोखिम कम भएकाे भन्दै स्थानिय टंक लिम्वुले बताए ।

    स्पर निर्माणको लागि श्रमदान हर्नेहरूका निम्ति लायन्स क्लब अफ उर्लाबारीले चाउचाउ र पानी उपलब्ध गराएकाे थियाे ।

    योसेक क्लब मोरङ जिल्लामा फुटबल क्लबको रुपमा स्थापित संस्था हो ।

    प्रकृतिक बिपदको बेला यस्तै अभियान गर्दै आएको क्लबले अभियान जारि राख्ने सचिव बानु सुब्बाले बताए । स्पर निर्माणमा फुटबल खेलाडीहरुकाे समेत सहभागीता रहेकाे थियाे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…